तुलसीपुर बजार गएकी १२ वर्षीया बालिका गरिमा दुई दिनदेखि वेपत्ता, चिन्तामा परिवार

सूचना दैनिक
शनिबार, साउन ४, २०७६

दाङ : दाङमा दुई दिनदेखि एक बालिका बेपत्ता भएकी छन् । दंगीशरण गाउँपालिका–६ राजपुर निवासी जयबहादुर कुँवरकी १२ वर्षीया छोरी गरिमा कुँवर दाङको तुलसीपुरबाट शुक्रवारदेखि हराएकी हुन् ।

तुलसीपुर बजार आएकी कुँवर हराएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । शुक्रवार घरबाट तुलसीपुर बजार आएकी बालिका घर नफर्किएपछि परिवार चिन्तामा छ ।

वेपत्ता भएकी बालिका गरिमा कुँवर ।

वेपत्ता बालिकाको खोजीका लागि परिवारले सबैमा अनुरोध समेत गरेको छ । गहुँगोरो वर्ण, अनुहार लाम्चो, कपाल छोटो, उचाई करिब ५ फिट अग्ली बालिकाले कालो तथा सेतो रंग मिसिएको टिसर्ट र जिन्स पाइन्ट लगाएकी र गोल्डेन रंगको व्याग बोकेकी बालिकाकी आमा राधा कुँवरले जानकारी दिइन् ।