प्रेमीसँग रोमान्स गरेका तस्बीर इष्टामा राखेपछि साम्राज्ञीमाथि नकरात्मक कमेन्टको वर्षा

सूचना दैनिक
शनिबार, साउन ४, २०७६

काठमाडौं । बेला बेलामा विवादमा आउने गरेकी चर्चित साथै लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह पुन आलेचित बनेकी छन् । शुक्रबार आफ्नो इन्टाग्रामबाट आफनो प्रेमीसँग समुन्द्री किनारमा रोमान्स गरेको तश्विर बाहिरिएपछि उनको आलोचना भएको हो । तर उनको तस्बीरको बिषयलाइ लिएर नकरात्मक टिप्पणी भएपछि उनले त्यो तस्बीरहरू हटाएकी छन् ।

उनले समुन्द्री किनारमा रातो विकिनीमा प्रेमीसँग रोमान्स गरेको तश्विर इन्टाग्राममा राखेकी थिईन् । तश्विरमा उनका प्रेमी देवाङ्कसले साम्राज्ञीको शरीरको अङ्ग अङ्ग चुमेको देखिन्थ्यो ।

पहिलो तस्बीरमा सम्राज्ञीको प्रेमीको काखमा बसेर एक अर्कामा चुम्बन गरको देख्न सकिन्छ । त्यस्तै दोस्रो र तेस्रो तस्बीरमा प्रेमीले साम्राज्ञीको छाती र कम्मरको पछाडिको भागमा चुमेको दख्न सकिन्छ । यो तस्बीर सार्वजनिक भएपछि उनको ठुलो चर्चा सँगै आलोचना पानि भइरहेको छ ।

उनी यसअघि पनि धेरै पटक चर्चामा आइरहेकी थिईन् । केही बर्ष पहिले फिल्ममा गाउँले भूमिका गर्न अस्वीकार गरेको भनेर आलोचना भएको थियो । त्यति मात्रै नभएर उनलाई स्तनमुनी खोपेको ट्याटुले पनि आलोचना बाट टाढा राखेन । दायाँ स्तन मुनी ट्याटु खोपेको तस्बीर सामाजिक संजालमा सेयर गरेपछि उनलाई धेरैले टिका टिप्पणी गरेका थिए । उनको तस्बीरको बिषयमा धेरैले साम्राज्ञीलाई गाली गरेका छन् ।

तस्बीरमा देखिएका उनका प्रमी भने देवाङ्कस राणा हुन् । यसअघि साम्राज्ञी मयंक खड्कासँग प्रेममा थिए । तर उनको मयंकसँग ब्रेकअप भइसकेको छ । केही समय यता साम्राज्ञी प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । देवाङ्कस उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा हुन् ।

उनीहरु आगामी भाद्रमा महिनामा रिलिजमा आउने फिल्म “मारुनी” को छायांकन सकेपछिको फ्रि समय सदुपयोग गर्न इन्डोनेशियाको बाली पुगेकी छन् । सोही क्रममा उनीहरुले बालीको एक समुन्द्री किनारमा खिचेको तस्बीर सार्वजनिक गरेका हुन् ।

र यो पनि पढ्नुहोस :

बालीमा साम्राज्ञीसँग सेक्सी मुडमा को हो ?