खुट्टामा फितावाला चप्पल लगाएर बाढीपिडितको घाउमा मल्हम लगाउन पुगेका डाक्टर केसी सम्मानित ।

सूचना दैनिक
आइतवार, साउन ५, २०७६

काठमान्डौ , घुडा सम्म दोबारिएको खैरो रंगको पाइन्ट हाफ टिसट अनि गलामा बेरिएको फेटा लगाएर सम्मान थाप्दै थिए डाक्टर गोबिन्द केसी । रौतहटका बाढीपिडितहरुको निशुल्क स्वास्थ्य उपचार गर्न पुगेका चर्चित समाजसेवी डाक्टर गोविन्द केसीलाई बंजरहाका बासीन्दाहरुले सम्मान गरेका थिए । बाढीबाट प्रभावित भई रोगी बनेकाहरुको उपचारका लागि शुक्रबार रौतहट पुगेका डाक्टर केसी बाढी प्रभावित क्षेत्र इशनाथ नगरपालिकाको वडा नंं. १ को बंजरहकाबासीन्दाहरुलाई २ दिन सम्म निशुल्क उपचार गरे पछि खुशी हुदैं स्थानियबासीहरुले कदर पत्र प्रदान गर्दै डाक्टर केसीलाई शनिबार सम्मान गरेका हुन् ।

औषधि बोकेर बाढी प्रभावित स्थानमा पुगेका रौतहट पुगेका गोबिन्द केसी ।

बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका अन्य समान्यरोगहरुबाट प्रभावित करिब ३५० भन्दा बढि विरामीहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क रुपमा औषधी वितरण गरेका छन् । स्थानीय स्वास्थ्य कर्मीहरुको सहायतामा बन्जरहाका विरामीहरु स्वस्फूर्त रुपमा आएर डा. केसी संग स्वास्थ्य परिक्षण गराएका छन् ।

स्वास्थ्य परिक्षण गर्न आएका डाक्टर केसी बंजरहाका बाढीपिडितहरुका पिडा देखे पछि बृद्ध तथा महिलाहरुलाई लताकपडाहरु समेत वितरण गरेका छन् । विपतीका बेला विकट ठाउमा आई यसरी निश्वार्थरुपमा निशुल्क स्वास्थ्य सेवा प्रदान गरेका डाक्टर केसीको विदाई गर्दा स्थानियहरु भाबुक भएको स्थानिय गृषनन्दन सिंहले बताए ।

र यो पनि पढ्नुहोस्

रौतहटका बाढीपिडित भन्छन् : भोट दिएर जिताएका नेता हेलिकोप्टरमा घुम्न आए, डा. केसी भगवान बनेर आउँनुभयो

झोला भरी औषधि बाेकेर डाक्टर केसी बाढी पीडित नागरिककाे उपचार गर्न रौतहट पुगे !