बङ्गालको खाडीबाट मनसुनी रेखा फेरि नेपालमाथि, अबको ३ दिन ‘अति भारी वर्षा’ वर्षा हुने, सचेत रहन आग्रह

सूचना दैनिक
आइतवार, साउन ५, २०७६

पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताए ।

विशेषगरी काठमाडौँ क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता राति र दिनमै पनि केही समय चर्को वर्षा राजधानीमा हुने गरेको छ । निकै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा भइरहँदा राजधानीका ठूला तथा साना नदीमा बाढी आउन सक्ने उनी बताउँछन् ।

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको उनको भनाइ थियो । अबको तीन दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने भविष्यवाणी महाशाखाले गरेको छ ।

र यो पनि पढ्नुहोस्

फितावाला चप्पल लगाएर बाढीपीडितको लागि उपचार गर्न लागेका गोविन्द केसीलाई सम्मान

घुडा सम्म दोबारिएको खैरो रंगको पाइन्ट हाफ टिसट अनि गलामा बेरिएको फेटा लगाएर सम्मान थाप्दै थिए डाक्टर गोबिन्द केसी । रौतहटका बाढीपिडितहरुको निशुल्क स्वास्थ्य उपचार गर्न पुगेका चर्चित समाजसेवी डाक्टर गोविन्द केसीलाई बंजरहाका बासीन्दाहरुले सम्मान गरेका थिए । बाढीबाट प्रभावित भई रोगी बनेकाहरुको उपचारका लागि शुक्रबार रौतहट पुगेका डाक्टर केसी बाढी प्रभावित क्षेत्र इशनाथ नगरपालिकाको वडा नंं. १ को बंजरहकाबासीन्दाहरुलाई २ दिन सम्म निशुल्क उपचार गरे पछि खुशी हुदैं स्थानियबासीहरुले कदर पत्र प्रदान गर्दै डाक्टर केसीलाई शनिबार सम्मान गरेका हुन् ।

औषधि बोकेर बाढी प्रभावित स्थानमा पुगेका रौतहट पुगेका गोबिन्द केसी ।

बाढीबाट प्रभावित बस्तीका बासिन्दाहरुमा झाडा पखाला, भाइरल ज्वरो, छाला रोग, डिसेन्टरी लगायतका अन्य समान्यरोगहरुबाट प्रभावित करिब ३५० भन्दा बढि विरामीहरुको स्वास्थ्य परिक्षण गरि निशुल्क रुपमा औषधी वितरण गरेका छन् । स्थानीय स्वास्थ्य कर्मीहरुको सहायतामा बन्जरहाका विरामीहरु स्वस्फूर्त रुपमा आएर डा. केसी संग स्वास्थ्य परिक्षण गराएका छन् ।

स्वास्थ्य परिक्षण गर्न आएका डाक्टर केसी बंजरहाका बाढीपिडितहरुका पिडा देखे पछि बृद्ध तथा महिलाहरुलाई लताकपडाहरु समेत वितरण गरेका छन् । विपतीका बेला विकट ठाउमा आई यसरी निश्वार्थरुपमा निशुल्क स्वास्थ्य सेवा प्रदान गरेका डाक्टर केसीको विदाई गर्दा स्थानियहरु भाबुक भएको स्थानिय गृषनन्दन सिंहले बताए ।

र यो पनि पढ्नुहोस्

रौतहटका बाढीपिडित भन्छन् : भोट दिएर जिताएका नेता हेलिकोप्टरमा घुम्न आए, डा. केसी भगवान बनेर आउँनुभयो

झोला भरी औषधि बाेकेर डाक्टर केसी बाढी पीडित नागरिककाे उपचार गर्न रौतहट पुगे !