ओझाको धनमा शिल्पाको आँखा, विवाद सम्पत्ति सम्म पुग्ने देखियो

काठमाडौँ । अहिले जताततै चर्चाको विषय बनेको छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोख्रेलको घर झगडा सम्पत्ती सम्म पुग्ने देखिएको छ । शिल्पाले कानुनी रुपमा आफूले पाउने हक लिने बताएकी छिन । विभिन्न भिडियो अन्तर्वार्तामा उनले त्यसो बताइरहँदा उनि सबैको आलाेचित समेत बन्नुपरेको छ ।

नेपाली फिल्मको ‘बाघ’ भनेर चिनिएका छविराज ओझा कान्छी पत्नीसँगको लफडामा परेसँगै उनि पनि अहिले तनावमा भएको बताइएको छ । उनीहरूको लफडा सम्बन्ध विच्छेदका लागि अदालतसम्म पुगेको छ । शिल्पा पोख्रेलले जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् ।

युवती भनेपछि हुरुक्कै हुने ओझाले श्रीमतीलाई चड्कन लगाउने गरेको शिल्पा पोख्ररेलले खुलस्त पारिदिएपछि उनको पनि आलोचना भइरहेको छ । सार्वजनिक चरित्र बनाएका ओझा र पोखरेलबीच तीन वर्ष अगाडि गुपचुप रुपमा विवाह भएको थियो । केही समयपछि उनीहरूले आफूहरू श्रीमान श्रीमती भएको बताएका थिए । स्रोतका अनुसार उनीहरू विवाह गरेको कुरा बाहिर नआउँदै रिलेसनमा थिए ।

मोडलिङबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी शिल्पा पोख्रेललाई नेपाली फिल्ममा ओझाले नै चिनाएका हुन । पोख्रेलका लागि सुन्तली, मंगलम जस्ता राम्रा फिल्म बनाएका ओझा अहिले उनै कान्छी श्रीमतीका कारण झण्डै जेलको हावा खाने स्थितिमा पुगेका थिए । उनी जेल जानबाट बालबाल बचेका छन् ।

आफ्नी कान्छी पत्नी पोख्रेलले महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा ज्यान मार्ने तथा शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएपछि छवि ओझाको होस हवस् उडेको थियो । पोख्रेलले ओझालाई हिरासतमा नथुनाए पनि सार्वजनिक बेइज्जती भने गरिदिएकी छिन् । ओझा श्रीमती कुट्ने निर्माताको नाममा समेत अहिले बजारमा चिनिन थालेका छन ।

आफूभन्दा झण्डै दोब्बर उमेरका ओझासँग गुपचुप विवाह गरेकी पोख्रेललाई अधिकांशले सम्पत्तिका लागि ‘बुढो पोई’ खोजेको आरोप लगाउने गरेका छन । नायिका पोख्रेलका हर्कतका बारेमा ओझाले खुलैरै अन्तर्वार्ताहरूमा खुलासा गरेका छन् ।

नायिका पोख्रेलको ओझासँग पहिलो विवाह भनेपनि उनको पहिलेनै एक जनासँग प्रेम सम्बन्ध रहेको थियो । जुन आमसञ्चारमाध्यममा आईरहेको छ र यो कुराको खुलासा स्वयं ओझाले आफ्नो अन्तर्वार्तामा भनेका छन् । नायिका पोख्रेल ओझाको चौथो पत्नी हुन् ।

फिल्म हेर्न जान नपाएको विषयमा कानको जाली फुट्ने गरी पति ओझाको कुटाइ खाएँ भनेकी पोख्रेलले घर छाडेर हिँडेकी थिइन् । पोख्रेललाई फोटोग्राफर विकास रौनियार र उनकी पत्नी सम्झना उप्रेती रौनियारले साथ दिएको बताइएको छ ।

नायिका पोख्रेलले युट्युबहरूमा दिएको अन्तर्वार्ताहरूमा पति ओझाले आर्यन सिग्देल, सविन श्रेष्ठ, सुवास, पुष्प खड्कासहितका कलाकार र निर्माताहरूसँग आफूलाई जोडेको र शंका गरेको बताउनुले पनि त्यसै कारण झगडा शुरु भएको अनुमान लगाउन सकिन्छ । उनैले सोही कारण पति ओझासँग सम्बन्ध बिग्रिएको चर्चा भिडियो कुराकानीमा गरेकी छिन् ।

पोख्रेलले सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता गराएपछि उनीहरूसँगै बस्ने सम्भावना समेत टुटेर गएको छ ।

यति मात्रै होइन ओझाले आफूलाई फेसबुकमा ब्लक नै गरिदिएको पनि शिल्पालेनै बताएकी छिन । ओझा र पोख्ररेलबीच फोनमा सम्वाद नै हुन छाडेको बताईन्छ । उनीहरूका बीच कानून व्यवसायीमार्फत कुराकानी हुने गरेको छ ।

तरुनी भनेपछि हुरुक्कै हुने ओझाकी पहिलो पत्नीले आत्महत्या गरेकी थिइन् । ओझाको मानसिक तनाव सहन नसकेर पहिलो पत्नीले आत्महत्या गरेको कान्छी पत्नी पोख्रेलले बताएकी छिन् । अर्की पत्नी रेखा थापाले पनि ओझाका यस्तै हर्कतले सँगै बस्न नसक्ने भएपछि छाडेर अहिले अलग आफ्नै काम गरेर चाबहिलमा बस्दै आएको कतिपयले बताउँदै आएका छन ।

अहिले सम्म कान्छी पत्नीकाे रूपमा चिनिएकी पोख्ररेलसँग पनि ओझाकाे लामो सम्बन्ध रहन सकेन । शंकालु ओझाले पत्नीलाई सम्हाल्न नसकेको आरोप पनि एकातिर छ । अर्कातिर नायिका बन्न र हिट हुन ओझालाई पोख्रेलले फसाएको चर्चा पनि छ । आफूभन्दा दोब्बर उमेरका तथा तीन वटी पत्नी रही सकेका ओझाको पछि लाग्नु पोख्ररेलकै गल्ती भएको आरोपहरु सामाजिक सञ्जालमा धेरैले लगाईरहेका छन ।

फिल्मका स्क्रिप्ट राइटर गौरव पुरीले शिल्पा पोखरेलका बारेमा धेरै रहस्यपूर्ण कुराहरू बाहिर ल्याइदिएका छन् । ओझासँग कान्तिपुर फिल्म एकेडेमीमा सँगै काम गर्दै आएका पुरीले शिल्पाको पहिला पनि विवाह भइसकेको र विवाद कुन जिल्लामा भएको भन्नेसम्मको प्रमाण आइसकेको बताएका छन् ।

त्यति मात्रै होइन शिल्पा पहिलाको पतिसँग छ वर्षसम्म सँगै बसेको पनि पुरीले बताएका छन् । शिल्पाले सम्पत्तिका लागि ओझासँग नाटक गरेको उनको भनाइ छ । ओझाको तर्फबाट शिल्पासँग भेटेर कुरा मिलाउन पटक पटक प्रयास गरेका पुरीले विवाद सम्पत्तिसम्म पुग्ने दाबी गरेका छन् ।

प्रकाशित मिति July 21, 2019

प्रतिकृया दिनुहोस