अरुलाई जीवनदान दिन आफ्नो जीवनसँग लड्दै यसरी जाने स्वास्थ्यकर्मीलाई सम्मान र हौसला दिऔं

सूचना दैनिक
आइतवार, साउन ५, २०७६

खोप मानव जीवनका लागि अभिन्न अंग जस्तै बनेको छ । यति स्वास्थ्य विज्ञानले पत्ता लगाएर तोकिएको समयको तोकिएको खोप पूरा गर्न नसके अहिलेको समयमा शिशुबाट बयस्क र पूर्ण जीवन प्राप्त गर्न असम्भव प्राय छ ।

यसैले विश्वभरी नै खोपको प्रयोग अनिवार्य छ । तर यो जीवनको अभिन्न अंग जस्तो खोज विश्वका दुरदराजमा कसरी पुगिरहेका छन् त आजहामी तपाईहरुलाई देखाउँदैछौ ।

खासगरी खोपका लागि अन्र्तराष्ट्रिय स्वास्थ्य संगठन युनिसेफ ले विशेष भूमिका खेलेको छ । यसैले यो कार्यका लागि विश्वका मानिसले युनिसेफ लाई सम्मान गरिरहेका छन् ।


सम्वन्धित समाचार

एजेन्सी । अहिले बर्षा सुरु भएको छ । यो समय सर्पको बिगविगी उच्च छ । कहाँ कतिबेला सर्पले टोक्ने हो कुनै पत्तो छैन । बर्षेनी सर्पले टोकेर धेरै मानिसको ज्यान गइरहेको छ । हामीले केही कुरा जानिराखियो भने त्यो जीवनदान बन्नसक्छ । अरुलाई जानकारी दिएमापनि त्यो जीवन दान बराबर हुनेछ । आज हामी कुरा गर्दैछौ बहुगुण भएको बनस्पति पुदिनाको । पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् । यसले धेरै रोगबाट हामीलाई बचाउछ ।

यसलाई औषधीको रुपमा प्रयोग गर्नुको साथै यसलाई हामी अचारबानाएर पनि खाने गर्छौ । केहीलाई यसको स्वाद मन पर्ला त केहीलाई मन नपर्ला पनि । तर यसको गुण तपाईले थाहा पाउनु भयो भने सधैं पुदिना खान थाल्नुहुनेछ । पुदिनाको पातहरु सँगै ३ थोपा जती कागतीको रस मिलाएर मुहारमा लगाउने र पाँच मिनेट पछि यसलाई सफा गर्नु पर्दछ ।

एक हप्ता सम्म निरन्तर यसको प्रयोग गरेमा अनुहारमा आउने डण्डिफोर र डण्डिफोरबाट बनेका खिलबाट पुरै मुक्ति पाउन सक्नुहुनेछ । साथै करिब एक गिलास पानिमा पुदिनाका १० वटा जति पातहरु, थोरै कालो मर्चा र थोरै कालो बिरेनुन हालेर उमाल्नु पर्दछ । पाँच मिनेट उमालिसकेपछि पानी छानेर पिएमा रुघा खोकीबाट बच्न सकिन्छ । पेट दुखेको बेलामा अदुवाको रससँग यसको पात घोटेर पानी बनाएर खाएमा दुखाइ कम हुन्छ ।

मुख गन्हाउने समस्या भएकाहरुले पुदिनाको सुख्खा पातहरु लाई पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्धलाई कम गर्दछ । गिजालाई पनी यो विधिले बलियो पार्दछ । यसैगरी यदी शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।

पुदिनाले बिच्छी वा सर्पले टोकेको बिषलाई पनि यसले मार्छ । बिषालु ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउछ । ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ । अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् । पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ । यो बहुउपयोगी बनस्पती बारे उपयोगी जानकारी सबैमा सेयर गरौँ ।