सिल्पालाई के भयो ? हस्पिटलमा यस्तो अवस्थामा भेटीइन्

सूचना दैनिक
आइतवार, साउन ५, २०७६

काठमाडौं : निर्माता छवि ओझालाइ सम्बन्धविच्छेद गर्ने पक्का गरेकी नायिका शिल्पा पोखरेलको यसै बेला जिवनमा मेल खाने नयाँ भिडियो सार्वजनिक भएको छ। भिडियोमा मोडेल नविन बूढाथोकीले नायिका पोखरेलको आँशु पुछ्दै गरेको मार्मिक दृश्यले सबैलाई रुवाउने किसिमबाट प्रस्तुत गरिएको छ।

सन्तोष जंग थापाको शब्द, आषिक राईको संगीत र अन्जु पन्तको स्वरमा सजिएको गीत ‘थाहा छैन्’ को म्युजिक भिडियोमा मोडेल नविन बुढाथोकी र नायिका शिल्पा पोखरेलको अभिनय रहेको छ। आषिक राईले निर्देशन गरेको भिडियोमा रामकृष्ण चौलागाइको क्यामेरा र विकाश धमलाको सम्पादन रहेको छ।

काठमाडौँ । अहिले जताततै चर्चाको विषय बनेको छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोख्रेलको घर झगडा सम्पत्ती सम्म पुग्ने देखिएको छ । शिल्पाले कानुनी रुपमा आफूले पाउने हक लिने बताएकी छिन । विभिन्न भिडियो अन्तर्वार्तामा उनले त्यसो बताइरहँदा उनि सबैको आलाेचित समेत बन्नुपरेको छ ।

नेपाली फिल्मको ‘बाघ’ भनेर चिनिएका छविराज ओझा कान्छी पत्नीसँगको लफडामा परेसँगै उनि पनि अहिले तनावमा भएको बताइएको छ । उनीहरूको लफडा सम्बन्ध विच्छेदका लागि अदालतसम्म पुगेको छ । शिल्पा पोख्रेलले जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् ।

युवती भनेपछि हुरुक्कै हुने ओझाले श्रीमतीलाई चड्कन लगाउने गरेको शिल्पा पोख्ररेलले खुलस्त पारिदिएपछि उनको पनि आलोचना भइरहेको छ । सार्वजनिक चरित्र बनाएका ओझा र पोखरेलबीच तीन वर्ष अगाडि गुपचुप रुपमा विवाह भएको थियो । केही समयपछि उनीहरूले आफूहरू श्रीमान श्रीमती भएको बताएका थिए । स्रोतका अनुसार उनीहरू विवाह गरेको कुरा बाहिर नआउँदै रिलेसनमा थिए ।

मोडलिङबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी शिल्पा पोख्रेललाई नेपाली फिल्ममा ओझाले नै चिनाएका हुन । पोख्रेलका लागि सुन्तली, मंगलम जस्ता राम्रा फिल्म बनाएका ओझा अहिले उनै कान्छी श्रीमतीका कारण झण्डै जेलको हावा खाने स्थितिमा पुगेका थिए । उनी जेल जानबाट बालबाल बचेका छन् ।

आफ्नी कान्छी पत्नी पोख्रेलले महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा ज्यान मार्ने तथा शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएपछि छवि ओझाको होस हवस् उडेको थियो । पोख्रेलले ओझालाई हिरासतमा नथुनाए पनि सार्वजनिक बेइज्जती भने गरिदिएकी छिन् । ओझा श्रीमती कुट्ने निर्माताको नाममा समेत अहिले बजारमा चिनिन थालेका छन ।

आफूभन्दा झण्डै दोब्बर उमेरका ओझासँग गुपचुप विवाह गरेकी पोख्रेललाई अधिकांशले सम्पत्तिका लागि ‘बुढो पोई’ खोजेको आरोप लगाउने गरेका छन । नायिका पोख्रेलका हर्कतका बारेमा ओझाले खुलैरै अन्तर्वार्ताहरूमा खुलासा गरेका छन् ।

नायिका पोख्रेलको ओझासँग पहिलो विवाह भनेपनि उनको पहिलेनै एक जनासँग प्रेम सम्बन्ध रहेको थियो । जुन आमसञ्चारमाध्यममा आईरहेको छ र यो कुराको खुलासा स्वयं ओझाले आफ्नो अन्तर्वार्तामा भनेका छन् । नायिका पोख्रेल ओझाको चौथो पत्नी हुन् ।

फिल्म हेर्न जान नपाएको विषयमा कानको जाली फुट्ने गरी पति ओझाको कुटाइ खाएँ भनेकी पोख्रेलले घर छाडेर हिँडेकी थिइन् । पोख्रेललाई फोटो ग्राफर विकास रौनियार र उनकी पत्नी सम्झना उप्रेती रौनियारले साथ दिएको बताइएको छ ।

नायिका पोख्रेलले युट्युबहरूमा दिएको अन्तर्वार्ताहरूमा पति ओझाले आर्यन सिग्देल, सविन श्रेष्ठ, सुवास, पुष्प खड्कासहितका कलाकार र निर्माताहरूसँग आफूलाई जोडेको र शंका गरेको बताउनुले पनि त्यसै कारण झगडा शुरु भएको अनुमान लगाउन सकिन्छ । उनैले सोही कारण पति ओझासँग सम्बन्ध बिग्रिएको चर्चा भिडियो कुराकानीमा गरेकी छिन् ।
पोख्रेलले सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता गराएपछि उनीहरूसँगै बस्ने सम्भावना समेत टुटेर गएको छ ।

यति मात्रै होइन ओझाले आफूलाई फेसबुकमा ब्लक नै गरिदिएको पनि शिल्पालेनै बताएकी छिन । ओझा र पोख्ररेलबीच फोनमा सम्वाद नै हुन छाडेको बताईन्छ । उनीहरूका बीच कानून व्यवसायीमार्फत कुराकानी हुने गरेको छ ।

तरुनी भनेपछि हुरुक्कै हुने ओझाकी पहिलो पत्नीले आत्महत्या गरेकी थिइन् । ओझाको मानसिक तनाव सहन नसकेर पहिलो पत्नीले आत्महत्या गरेको कान्छी पत्नी पोख्रेलले बताएकी छिन् । अर्की पत्नी रेखा थापाले पनि ओझाका यस्तै हर्कतले सँगै बस्न नसक्ने भएपछि छाडेर अहिले अलग आफ्नै काम गरेर चाबहिलमा बस्दै आएको कतिपयले बताउँदै आएका छन ।

अहिले सम्म कान्छी पत्नीकाे रूपमा चिनिएकी पोख्ररेलसँग पनि ओझाकाे लामो सम्बन्ध रहन सकेन । शंकालु ओझाले पत्नीलाई सम्हाल्न नसकेको आरोप पनि एकातिर छ । अर्कातिर नायिका बन्न र हिट हुन ओझालाई पोख्रेलले फसाएको चर्चा पनि छ । आफूभन्दा दोब्बर उमेरका तथा तीन वटी पत्नी रही सकेका ओझाको पछि लाग्नु पोख्ररेलकै गल्ती भएको आरोपहरु सामाजिक सञ्जालमा धेरैले लगाईरहेका छन ।

फिल्मका स्क्रिप्ट राइटर गौरव पुरीले शिल्पा पोखरेलका बारेमा धेरै रहस्यपूर्ण कुराहरू बाहिर ल्याइदिएका छन् । ओझासँग कान्तिपुर फिल्म एकेडेमीमा सँगै काम गर्दै आएका पुरीले शिल्पाको पहिला पनि विवाह भइसकेको र विवाद कुन जिल्लामा भएको भन्नेसम्मको प्रमाण आइसकेको बताएका छन् ।

त्यति मात्रै होइन शिल्पा पहिलाको पतिसँग छ वर्षसम्म सँगै बसेको पनि पुरीले बताएका छन् । शिल्पाले सम्पत्तिका लागि ओझासँग नाटक गरेको उनको भनाइ छ । ओझाको तर्फबाट शिल्पासँग भेटेर कुरा मिलाउन पटक पटक प्रयास गरेका पुरीले विवाद सम्पत्तिसम्म पुग्ने दाबी गरेका छन् ।
स्रोत: ईहुलाकी

स्कुल पढाउने बाबुले अर्कै लिएर हिडेपछी आमाले गिट्टी कुटेर हुर्काएकी छोरीको यति मिठो आवाज

हाल काठमाण्डूमा हरेक दिन बिभिन्न प्रकारका खबरहरु सुन्न अनि देख्न पाइन्छ। तर शितल न्युजले लिएको यस अन्तर्वार्ता फरक किसिमको छ।बाजुरा घर भएको सम्झना श्री हाल यसै बर्समा एसईई दिएर गायक बन्ने सपना बोकेर काठमाडौँ आउनु भएको छ।

हामीले उहा संग कुरा गर्दा उहा भन्नुहुन्छ सानो छदा बाबुले छोडेको र त्यसपछिको पालन पोषण आमाले गिट्टी कुटेर गराएको अनि एसईई सम्म पनि आमाले नै पढाएको भन्नुहुन्छ।हामीले सम्झना श्री संग कुरा गर्दा र उहाको आवाज सुन्दा सरस्वती को जस्तो आवाजमा गाएर सुनाउनु भयो। आखिर को हुन् सम्झना र कस्तो गाउनुहुन्छ उहाले सुन्न र जान्नको लागि भिडियो अन्तिम सम्म हेर्नुहोला।