दुःखद खवर : आफन्तले अस्पतालको ढोका ढक्ढक्याइरहे तर नर्सले डिस्टब नगर भन्दा छोरी गुमाए

सूचना दैनिक
आइतवार, साउन ५, २०७६

काठमाडौ । सामान्यतया हामीले डाक्टरलाई भगवानको अर्को अवतारका रुपमा लिने गर्छौ । तर कहिलेकाँही तिनै भगवान राक्षस हुँदा सर्वसाधारणले ठुलो पिडा खेप्नु पर्छ । सर्पले डसेर अस्पतालमा भर्ना भएकी एक बालिकाको नर्सको लापरवाहीका कारण ज्यान गएको छ ।

९ वर्षकी प्राची कुमारी नामकी ती बालिकालाई भारतको झारखण्डको सदर अस्पतालमा भर्ना गरिएको थियो । बालिकालाई स्लाइन चढाएपछि नर्स रोमा राय आफ्नो कोठामा गएर निदाइन् ।

बालिकाका आमा र दाजुले नर्सलाई उठाउनको लागि ढोका ढक्ढक्याइरहे तर नर्स उठिनन् । पीडाले तड्पी तड्पी बालिकाले प्राण त्यागेपछि अस्पतालमा बालिकाका परिवारले हंगामा गरेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

आरोपी नर्सलाई हिरासतमा लिइएको बताइएको छ । समाचारमा जनाइएअनुसार प्राचीलाई बिहीबार बेलुकी सर्पले डसेपछि अस्पतालमा भर्ना गरिएको थियो । डा. शिवलाल कुंकलले जाँचपछि एन्टि स्नेक भेनमको स्लाइन चढाएर नर्स रोमा रायलाई जिम्मा दिएर गएका थिए ।

र यो पनि पढ्नुहोस् : अति नै भएपछि एक दम्पतिको पुकार ‘हामीलाई त ग्राण्डीले नराम्ररी ठग्यो, अब कोही नठगियून्’

डाक्टर जानासाथ नर्सले स्लाइनको स्विच स्लो गरेर आफ्नो कोठामा गएर सुतिन् । राती २ बजे बालिका अचानक तड्पिन थालिन् । नजिकै बसेकी आमा पुतुल देवी र दाजु अनमोलले नर्सलाई उठाउनको लागि नर्सको ढोका ढक्ढक्याए । यस क्रममा दाजुको हात नै भाँचियो । तर, नर्स उठिनन् । भित्रबाटै भनिन् , ‘म उठ्न सक्दिन डिस्टर्ब नगर ।’ तड्पी तड्पी बालिकाले प्राण त्यागिन् । नर्स रुमा रायले आफ्नो उमेरको बहाना बनाएर बच्ने प्रयास गरिरहिन् ।

उनी अर्को वर्ष सेवानिवृत्त हुनेवाला थिइन् । डीसी अरवा राजकमलद्वारा गठित कमिटीले नर्सलाई दोषी ठहर गरेको छ । यो लापरवाहीमा अरु कोही संलग्न भए नभएको जाँच गरेर २ दिनमा रिपोर्ट पेश गर्न भनिएको छ । नर्सलाई तत्कालै लागू हुने गरी बर्खास्त समेत गरिएको छ । एजेन्सी