छवि–शिल्पा प्रकरणले लियो नयाँ मोड– पूर्वपत्नीले हेमाले हालिन् बहुविवाह गरेको भन्दै प्रहरीमा उजुरी

सूचना दैनिक
आइतवार, साउन ५, २०७६

छविराज ओझा र शिल्पा प्रकारणले सामाजिक सञ्जालदेखि चिया पसलसम्म गफ गर्ने विषय बनाइरहकै बेला । यो घटनामा फेरी अर्को ट्विष्ट आएको छ । छविराज ओझाकी पूर्वपत्नी हेमा ओझाले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा प्रहरीमा दायर गरेपछि यो विवादले नयाँ रुप लिने देखिएको हो । आजै छविराज ओझाकी पूर्वपत्नी हेमा ओझाले छविराज ओझाविरुद्ध बहुविवाहको उजुरी दिएकी छिन् । हेमाले महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी हुन् ।

छवि र हेमाले वि.सं. २०४१ सालमा बिहे गरेका थिए ।

छवि ओझाकी पूर्वपत्नी हेमा ओझा (कुर्था सरवाल लगाएकी महिला ) । महानगरी प्रहरी परिसर गौसलमा निवेदन दिएपछी तस्विर खिचाउँदै ।

उनले निर्माता छविराज ओझाले आफूलाई थाहै नदिई शिल्पा पोखरेलसँग बिहे गरेको मिडियाको माध्यमबाट थाहा पाएको पनि जाहेरीमा उल्लेख छ । निवेदनमा उनले छविराज ओझाले शिल्पा पोखरेलसँग बिहे गरेको भनेर सोध्दा ‘के छ तिमीहरुसँग प्रमाण ?’ भन्दै उल्टो प्रतिप्रश्न गरेको बताएकी छिन् ।

उनले पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि आफैले खोजी उहाँ नजिकका व्यक्तिहरुलाई सहयोग मागी उहाँकै कार्यालयबाट सहयोग मागी कर्मचारीमार्फत शिल्पा र छविको बिहे भएको थाहा पाएपछि उजुरी दिएको बताएकी हुन् ।

केही हप्ताअघि छविराजविरुद्ध नायिका शिल्पा पोखरेलले घरेलु हिंसाविरुद्ध उजुरी दिएकी थिइन् । शिल्पाले छविले आफूमाथि हातपात गरेको भन्दै डिभोर्स मागेकी थिइन् । यसैबीच छविकी पूर्वपत्नीले हेमाले बहुविवाहको आरोप लगाउँदै उजुरी दिएकी हुन् । हेमाका अनुसार छविले लामो समयदेखि आफूले बिहे गरेको कुरा लुकाउँदै आएका थिए ।

यो प्रकरण अव कहाँ पुगेर टूङ्गिने हो त्यो त समयले नै बताउला ।

हेर्नुहोस हेमा ओझाले महानगरीय प्रहरी वृत्त, गौशालामा दिएको जाहेरीको यस्तो छ ।