टर्कीमा शृङ्खलाको प्रेम छताछुल्ल, प्रेमिसँगको फोटो भाइरल

काठमाडौँ । इन्डोनेसिया पुगेर साम्राज्ञीले प्रेमीसँग खिचाएका हट फोटाको चर्चा सेलाउन नपाउँदै पूर्व मिस नेपाल शृङ्खला खतिवडाको पनि जोडी सामाजिक सञ्जालमा छाउन थालेको छ । सन् २०१८ की मिस नेपाल बनेकी शृङ्खला खतिवडाले टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर इन्स्टाग्रामबाट सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा छाएको हो ।

टर्कीमा उनले शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु हुन थालेको हो । तर, यो विषयमा दुवैले मुख भने खोलेका छैनन् ।

शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरूको प्रेमसम्बन्ध रहेको विषय चर्चामा आएको हो । शिसनले शृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएको भिडियोका कारण उनी चर्चामा थिए । श्रृङ्खलाले पनि शिसनको नाम आफ्नो सफलतामा लिएकी थिइन ।

शृङ्खला खतिवडा प्रतिनिधि सभा सदस्य विरोध खतिवडा र नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलकी पुत्री हुन ।

View this post on Instagram

I Sea ? you! ? @jholey_18 #turkishairlines

A post shared by Shrinkhala Khatiwada (@shrinkhala_) on

https://www.instagram.com/p/B0LOZN2Fo0G/

View this post on Instagram

Snaps from the trip ??

A post shared by Sisan Baniya (@sisanbaniya) on

प्रकाशित मिति July 21, 2019

प्रतिकृया दिनुहोस