बलिउडका यी चर्चित नायक जसको बिवाहमा भन्दा सम्बन्ध बिच्छेदमा लागेको थियो बढी खर्च

एजेन्सी -बलिउड चर्चित अभिनेता हुन् सैफ अली खान । उनको जन्म १६ अगस्त, १९७०मा भारतमा भएको हो । उनि एक भारतका बहुप्रसिद्ध अभिनेता हुन् । उनको पिता मंसूर अली खान पटौदी एक क्रिकेट खेलाडी एवं आमा शर्मिला टैगोर हिन्दी फिलिमहरूको अभिनेत्री रहेकी छिन् ।

उनको पहिलो विवाह अभिनेत्री अमृता सिंहसंग भएको थियो उनिहरुले गोप्यरुपमा बिवाह गरेका थिए । उनिहरुको सम्बन्धमा विकराल आएकै कारण त्यति राम्रो संग टिक्न नसकेका कारण नै उनिहरुले सम्वन्ध विच्छेदन गरे सैफ अलि खानले अमृतालाई सम्बन्ध बिच्छेदको क्रममा उनले पत्नि अमृतालाई ५ करोड नगद सहित आधा सम्पति उनको नाम गरिदिएका हुन् । उनिहरुको सम्वन्ध टुटेपछाडि सैफ अली खान । करीना कपुर प्रेममा रहेका थिए ।

र प्रेमलाई विवाहमा परीणत गरे तर अहिले उनिहररुको एक क्युटि छोरा तैमुर खान समेत रहेका छन् । भने अमृता सिंहबाट पनि एक छोरी साराअलि खान रहेकी छिन् जुन उनि बलिउडकी एक चर्चित नायिका समेत रहेकी छिन् ।

जनताको पैसा जोगाउन लागि प्रधानमन्त्री खान प्राइभेट विमानमा होइन सामन्य विमानमा अमेरिका पुगे

पाकिस्तानी प्रधानमन्त्री इमरान खान तीन दिने अमेरिका भ्रमणका लागि शनिबार वासिङ्टन पुगेका छन्। प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिका गएका इमरानले भ्रमणका लागि कमर्सियल फ्लाइट प्रयोग गरेका छन्। उनी कतार एयरवेजको नियमित उडानबाट कतारको दोहा हुँदै अमेरिका गएका हुन्। दोहामा उनलाई कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल्बाकरले स्वागत गरेका थिए। आर्थिक संकटसँग जुधिरहेको देशलाई भार कम गर्न भन्दै प्रधानमन्त्री खान चार्टर्ड विमानको साटो कमर्सियल फ्लाइटमा अमेरिका गएका हुन्।

वाससिङटनमा पनि उनी पाँचतारे होटलमा नभई राजदूत निवासमा बसेका छन्। पाकिस्तानी राजदूतको निवास वासिङ्टनमा अरू कूटनीतिक नियोग र निवासले घेरिएको छ। भारत, टर्की, जापानलगायत झन्डै दर्जन देशका दूतावास उक्त क्षेत्रमा छन्। अमेरिका जाने राष्ट्र र सरकार प्रमुखले अमेरिकी सांसद, विभिन्न अधिकारीहरू र पत्रकारलाई भेट्छन्। राजदूत निवास साँघुरो हुने भएकाले ती कार्यक्रमहरू राजदूतावासमा गर्ने तयारी भइरहेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले ओह्रालो लागिरहेको पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन ६ अर्ब अमेरिकी डलर सहयोग केही दिनअघि स्वीकृत गरेको छ। कोषले उक्त सहायताका लागि सरकारले कडा आर्थिक अनुशासन पालन गर्नुपर्ने सर्त राखेको छ। अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री खानले आइतबार कोष र अर्को दातृ निकाय विश्व बैंकका प्रमुखहरूसँग भेटघाट गर्नेछन्।

सोमबार खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक्लाएक्लै वार्ता गर्ने तय भएको छ। गत वर्ष प्रधानमन्त्री बनेका खानले सुरूदेखि आर्थिक खर्च कम गर्न विभिन्न प्रयायहरू गरिरहेका छन्। उनी प्रधानमन्त्रीको सरकारी निवासमा बसेका छैनन् भने निवासका गाडी पनि लिलामी गरिदिएका छन्। खानका तमाम प्रयत्नका बाबजुद् पनि पाकिस्तानी अर्थतन्त्रले गति लिन सकेको छैन।

प्रकाशित मिति July 22, 2019

प्रतिकृया दिनुहोस