फेरी आयो साम्राज्ञीको अर्को तस्बिर, गाली गर्नेलाई दिइन् काउन्टर जवाफ

सूचना दैनिक
सोमवार, साउन ६, २०७६

काठमाडौं, ६ साउन । आफ्ना प्रमीसंग अन्तरंग तस्बिर सार्वजनिक गरेका कारण विवादमा तानिएकी नायिका साम्राज्ञी शाहले तस्बिरवाटै जवाफ फर्काएकी छन् । सामाजिक सञ्जालमा प्रेमीसंगको अन्तरंग तस्बिर सार्वजनिक गरेपछि उनी विवादमा तानिएकी छिन् । तस्बिरका कारण नकारात्मक कमेन्ट धेरै आएपछि उनले ति तस्बिर हटाएकी छन् । तर अहिले पनि सोही तस्बिरलाई लिएर सामाजिक सञ्जालमा उनको टिपपणी गर्ने क्रम भने रोकिएको छैन । तर उनलाई भने त्यस्ता नकारात्मक टिप्पणीले कुनै फरक पारेको देखिन्न ।
https://www.instagram.com/p/B0LLWcgnXpS/

आफ्नो प्रेमीसँगको मस्ती सार्वजनिक गरेर व्यापक आलोचना भए पनि उनले त्यसलाई कुनै परवाह गरेकी छैनन् । एउटा तस्बिरले व्यापक विरोध भइरहँदा त्यसलाई काउण्टर दिँदै अर्को तस्बिर सार्वजनिक गरेकी छिन् । यतिबेला फिल्मी नगरीमा सबैभन्दा चर्चामा छिन्, अभिनेत्री साम्राज्ञी शाह । उनी कुनै फिल्मका कारण भने चर्चामा आएकी होइनन् । उनी चर्चासँगै विवादमा आउनुको कारण प्रेमी देवाङ्कस राणासँग इन्डोनेसियामा मस्ती गरिरहेको तस्बिरले हो ।
https://www.instagram.com/p/B0DQG6wHRlj/

दुई वटा फिल्मको छायांकन पूरा गरेर यतिबेला उनी विदेश भ्रमणमा छिन् । ‘रातो टिका निधारमा’ र ‘मारुनी’ फिल्मको छायांकन पूरा गर्दै उनी इन्डोनेसियामा मस्ती गरिरहेकी छन् । केहीदिन अघि इन्डोनेसियाको जिम्ब्राविचमा विकिनी तस्बिर सार्वजनिक गरेकी थिइन् । तीन तस्बिरमा प्रेमी देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका थिए ।

https://www.instagram.com/p/B0LIIYtHlDl/

ती तस्बिरहरु उनले आफ्नो इन्टाग्राममा पोष्ट गरेकी थिइन् । तर, गालीको वर्षात भएपछि हटाइन् । त्यहीबीचमा उनले अर्को हट अवतारका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । जुन तस्बिरमा उनले गोल्डेन कलरको ब्रा तथा बिकिनी सल लगाएकी छन् । पर्दामा बोल्ड भूमिकामा प्रस्तुत हुँदै आएकी उनलाई विवादले पनि केही वर्षयता राम्रै पछ्याइरहेको छ । कहिले गाउँले भूमिका गर्न अस्वीकार गरेको कारण उनी आलोचित हुन्छिन्, भने कहिले दायाँ स्तनमुनी खोपेको ट्याटुको तश्विर बाहिरिएपछि विवादमा फसिन् ।
https://www.instagram.com/p/B0DQeV_HD62/