रातको समयमा कार बिग्रिएर एक्लै बाटोमा बसिरहेकी महिला लाइ ३ जना किशोर आएर….हेर्नुहोस

काठमाडौँ – रातको समयमा गाडी बिग्रिएपछि ती महिला निकै समस्यामा परिन् । अमेरिकाको नियाग्रा फल्स नजिकै हाइवेमा एक महिलाको कार अबेर रातको समयमा बिग्रियो । उनी आत्तिइन् । त्यही बेला ३ जना किशोरहरु भगवान बनेर उनको सहयोगको लागि आइपुगे ।

ती युवाले उनको कार धकेल्दै ८ किलोमिटर टाढा महिलाको घरसम्म पुर्याए । महिलाको नाम सिरा रोबर्ट भएको बताइएको छ । उनले फेसबुकमा यो जानकारी दिएकी हुन् । उनले तीनै जना किशोरलाई धन्यवाद दिएकी छिन् । सिराका अनुसार पेट्रोल लिक भएका कारण उनको कार रोकिएको थियो ।

गाडी रोकिएपछि उनले अरु गाडीलाई रोकेर सहयोग माग्ने कोसिस गरिन् तर कोही रोकिएनन् । उनीसँग पर्याप्त पैसा पनि थिएन । यस्तो अवस्थामा के गर्ने भन्ने उनले सोच्नै सकेकी थिइनन् । यत्तिकैमा तीन जना किशोरहरु १८ वर्षका एरोन म्याक्वलिन, १७ वर्षका बेली क्याम्बेल र १५ वर्षका बिली टारबेट त्यहाँ आइपुगे ।

यी तीन किशोरहरु डोनट किन्न जाँदै थिए । महिलालाई समस्यामा देखेपछि उनीहरु सहयोग गर्न अघि सरे । पहिले त उनीहरुले कार स्टार्ट गर्ने कोसिस गरे । कार स्टार्ट नभएपछि उनीहरुले कारलाई धकेल्ने निर्णय गरे । उनीहरुले ८ किलोमिटर कार धकेलेर महिलालाई घर पुर्याए ।

 

प्रकाशित मिति July 22, 2019

प्रतिकृया दिनुहोस