तपाईको हातमा यी रेखा छन् ? तपाईको घरमा पनि लक्ष्मीको बास हुनसक्छ । पढ्नुहोस विस्तृतमा ??

१) हत्केला बाक्लो छ र औंलाको आधार बराबरी छ तथा भाग्य रेखा समेत एक भन्दा बढी छन् भने जीवनमा धन प्राप्त हुन्छ । यस्ता रेखा हुने ब्यक्तिलाई जीवनमा अचानक धन आइलाग्छ।

२) भाग्य रेखा हत्केलामा मोटोबाट पातलो हुँदै गएको हुन्छ। जीवन रेखा गोलो र शनि पर्वत अग्लो हुने ब्यक्तिलाई ब्यवसाय गरेर धन हात पर्छ। करोडपति बन्ने सम्भावना हुन्छ।

३) हत्केला बाक्लो छ र जीवन रेखाका साथै मंगल रेखा पनि गएको छ भन् यो ब्रम्हाको संकेत हो यसले तपाइँ करोडपति हुने जानकारी दिन्छ। यस्ता ब्यक्तिलाई जीवनमा पैत्रिक सम्पति समेत प्राप्त हुन्छ।

४) हत्केलामा भाग्य रेखा जीवन रेखाबाट टाढा छ र चन्द्र पर्वतदेखि निस्किएको रेखा भाग्य रेखा सम्म पुगेको छ भने पनि विदेश गएर धन कमाउने योग देखाउँछ।

५) भाग्य रेखा मणिबन्ध रेखाबाट निस्किएर सोझै शनि पर्वतमा पुगेको छ र सूर्य रेखा एक भन्दा अधिक छ भने सूर्य र शनिको प्रभावले त्यस्ता ब्यक्तिलाई अति धनी बनाउँछ।

६) चन्द्रमबाट एक रेखा निस्किएर भाग्य रेखा सम्म पुगेको र छ भाग्य रेखा पातलो हुँदै शनि पर्वत सम्म पुगेको छ भने यस्ता ब्यक्ति पनि सहजै करोडपति बन्न सक्छन्।

७) विवाह रेखा गुरु पर्वतमा पुगेको छ र हातमा मोटा रेखाको जालो छैन भने मस्तिस्क रेखा नफाटेका ब्यक्तिलाई पनि महिला वा ससुरालीको तर्फबाट नसोंचेको मात्रामा धन प्राप्त हुन्छ।

८) हातमा औंलाहरु सिधा छन् र जीवन रेखा गोलो छ एवं शुक्र पर्वतमा कोठी छ भने करोडपति बन्ने संकेत हो।

९) हत्केलामा भाग्य रेखा, बुध रेखा तथा मस्तिष्क रेखा त्रिकोणको चिन्ह बनाएको अवस्थामा छन् भने तपाइँ धनी बन्ने निश्चित छ।

सम्वन्धित समाचार

यस्तो हुन्छ धनी र सम्पन्न मानिसको हस्तरेखा !

काठमाडौँ । हस्तरेखा विज्ञानको सहायताले मानिसको भूत, भविष्य तथा बर्तमान थाह पाउन सकिन्छ। यस्तै हस्त रेखाका आधारमा भाग्य निर्माण हुने ज्योतिसशास्त्रको दाबि छ । तर यस्ता प्रकारका रेखाहरु जन्म हुनु अगावै निर्धारण हुने जन्मपश्चात यस्तो रेखा निर्माण हुने बताइएको छ । यस्तै हस्तरेखाकै आधारमा जिवन ब्यतित हुने गर्दछ । धनी हुने मानिसको हस्त रेखा कस्तो हुन्छ भन्ने कुराको जानकारी आज हामी तपाईहरुलाई दिन जाँदै छौँ।

समुन्द्र शास्त्रको मान्यता अनुसार जुन मानिसको हातका औलामा जौ जस्तै कुनै चिन्ह भएमा ति ब्यक्तिहरु आफ्नो जिवनमा निकै धनी तथा सुखी हुने कुरा उल्लेख गरेको पाईन्छ । यस्ता मानिसहरु भाग्यसाली हुनुका साथै समाजमा मान तथा प्रतिष्ठा उच्च रहने तथा राजनिति क्षेत्रमा प्रवेस गरेमा सफल राजनितिज्ञ हुने हस्त रेखा बिज्ञानले दाबि गरेको छ ।

हातका औलाहरुमा शंखको आकार भएका ब्यक्तिहरु निकै बुद्धीमान हुने हस्तरेखा बिज्ञानको दाबि छ । यस्ता ब्यक्तिहरुको चार औलामा शंखको आकार भएमा कुनै सरकारी क्षेत्रको उच्च पदस्त पद प्राप्त गर्ने, त्यसैगरी ५ औलामा शंख भएमा बैदेशिक भ्रमण तथा बैदेशी रोजगारबाट निकै फाईदा पुग्ने, ६ वटा औलामा शंख चिन्ह भएमा भार्मीक आस्थावान ब्यक्ति हुने तथा धार्मीक प्रवचनमा निकै तिक्ष्ण हुने मान्यता छ । यसैगरी १० औलामा शंख हुने ब्यक्ति माहात्मा हुने, ८ शंख हुने ब्यक्ति निकै सुखी तथा धनी हुने मान्यता छ ।

हस्रेखामा महत्वका साथ हेरीने अर्को चक्र पनि हो । जुन मानिसको हातका दशवटै औलामा चक्र भएको हुन्छ त्यस्तो मानिसले संसारका हरेक चिज आफ्नो बनाउन सक्छन् । त्यसैगरी एउटा मात्र औलामा चक्र हुनेहरु बिदेवान तथा दुईचक्र हुनेहरु सुन्दर हुने मान्यता छ । यसैगरी हातका तिन औलामा चक्र हुने मानिसहरु निकै सुखि हुनुका साथै ऐस आराम गर्ने प्रकारका हुन्छन् ।

हातको अनामिका औलाको फेदको भागमा सूर्य पर्वत रहेको हुन्छ । सूर्यको रेखा स्पष्ट भएमा सरकारी क्षेत्रमा निकै राम्रो प्रगती गर्न सक्छन् । त्यसका साथै हातको सोही स्थानमा त्रिभुज समेत छ भने त्यस्ता ब्यक्तिहरुको राम्रो प्रभाव देश तथा बिदेशमा रहने हस्तरेखा बिज्ञानको मान्यता रहेको छ।

प्रकाशित मिति July 22, 2019

प्रतिकृया दिनुहोस