व्यापक आलोचना भएपछि साम्राज्ञीको जवाफ: “कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ”

सूचना दैनिक
सोमवार, साउन ६, २०७६

काठमाडौं । केही दिनअधि आफ्नो प्रेमिसँग रोमाञ्च गरेको उत्तेजित तस्बीर सार्वजनिक गरेपछि आलोचित बनेकी अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाहले जवाफ फर्काएकी छन् ।

इण्डोनेशिया भ्रमणमा रहेका बेला प्रेमी देवाङ्क राणासँग खिचिएको अन्तरङ्ग तस्बीर सार्वजनिक रुपमा राखेपछि सामाजिक संजालमा उनको व्यापक आलोचना भइरहेको बेला राम्रज्ञीले आफ्नो तर्फबाट जवाफ दिएकी हुन् ।

उनले जवाफमा लेखेकी छन्-‘हात्ती चले बजार, कुत्ते भूके हजार’ जसको अर्थ कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ भन्ने हुन्छ । आलोचकहरुलाइ लक्षित गर्दै उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत यस्तो जवाफ दिएकी हुन् ।

हेर्नुहोस विवाद ल्याएका तस्विरहरु