श्रृँखला खतिवडाको बुवा नेकपाको जिल्ला इन्चार्ज, आमा अध्यक्ष

सूचना दैनिक
सोमवार, साउन ६, २०७६

काठमाडौ, ६ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको छ। आइतवार र सोमवार बसेको नेकपाको सचिवालय बैठकले इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दिन बसेको सचिवालय बैठकले इन्चार्ज(सहइन्चार्जको टुंगो लगाएको हो। आइतबार भएको नेकपाको कार्यविभाजन सँगै मकवानपुरमा भने श्रीमानले इन्चार्ज र श्रीमतीले जिल्ला अध्यक्षको भुमिका पाएका छन्।

प्रतिनिधि सभा सदस्य समेत रहेका नेकपाका नेता विरोध खतिवडा जिल्ला इन्चार्ज भएका छन्। खतिवडा तत्कालीन नेकपा एमालेका जिल्ला इन्चार्ज समेत हुन्। यस्तै यस अघि प्रदेश ३ कमिटीले टुङ्ग्याएको जिल्ला अध्यक्षमा खतिवडाकी श्रीमती मुनु सिग्देल जिल्ला अध्यक्ष तोकिएकी हुन्। प्रदेश ३ सभा सदस्य समेत रहेकी सिग्देल तत्कालीन नेकपा एमालेकी जिल्ला अध्यक्ष रहेकी थिइन्। उनीहरु श्रृंखला खतिवडाकी आमा र बाबु हुन् ।

सन् २०१८ की मिस नेपाल बनेकी शृङ्खला खतिवडा अहिले टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छिन् ।

टर्कीमा उनले शिसन बाँनियासँग खिचेको एक तस्वीरले नै उनीहरु प्रेममा रहेको चर्चा सुरु हुन थालेको हो । तर, यो विषयमा दुवैले मुख भने खोलेका छैनन् ।

शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर फोटो खिचाएसँगै उनीहरूको प्रेमसम्बन्ध रहेको विषय चर्चामा आएको हो । शिसनले शृङ्खलाका लागि मिस नेपालको प्रतिस्पर्धामा बनाएको भिडियोका कारण उनी चर्चामा थिए । श्रृङ्खलाले पनि शिसनको नाम आफ्नो सफलतामा लिएकी थिइन ।

र यो पनि पढ्नुहोस् : टर्कीमा शृङ्खलाको प्रेम छताछुल्ल, प्रेमिसँगको फोटो भाइरल