प्रहरी जोडीलाई खुसीको खबर: पती पत्नी एउटै प्रदेशमा बस्न पाउने

सूचना दैनिक
शनिबार, भदौ ७, २०७६

काठमाडौं। बिहिबार बसेको राष्ट्रिय सभा बैठकमो ‘प्रहरी समायोजन विधेयक –२०७६’ सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्ताव सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले विधेयक वि भेद हटाउने ढङ्गले आएको भन्दै प्रहरीको इच्छाअनुसार समायोजन हुन पाउने व्यवस्था गरिएको बताए।

उनले लैङ्गिक वि भेद गरिएको हो कि भन्ने सांसदहरुको प्रश्नमा समायोजन गर्दा कुनै वि भेद नहुने गरी विधेयक आएको दावी गरे । पति–पत्नीलाई एउटै प्रदेशमा समायोजन गर्ने भनेर विधेयक आएको छ । सरुवा र बृति विकासको सन्र्दभमा ध्यान पनि दिइएको छ,’ गृहमन्त्री थापाले पति–पत्नी प्रहरी भए एउटै प्रदेशमा बस्न पाउने गरी विधेयकमा व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै उनले एक प्रदेशबाट अर्को प्रदेशमा सरुवा हुन सक्ने तर निश्चित तहकाप्रहरीलाई मात्रै त्यो व्यवस्था गरिएको पनि बताए । उनले नेपाल प्रहरी भनेको संघीय प्रहरी नै भएको भन्दै त्यसमा नअल्मलीन सुझाव दिए ।

उनले विधेयकमा बढुवाका सन्दर्भमा पनि वि भेद नभएको छैन, ग्रेड थपको व्यवस्था गरिएको भन्दै बढुवाको प्रस्ताव किन नगरेको भन्ने प्रश्नमा संविधान जारी भइसकेपछि तीन पटक बढुवा भइसकेकाले समायोजनका क्रममा बढुवा नगरिएको बताए । ‘बढुवा गरेर समायोजन गर्दा संगठनात्मक रुपमा असन्तुलन हुन्छ । अन्तरविरोध हुन्छ,’ गृहमन्त्री थापाको भनाइ थियो ।

सात जना छोराछोरीमा सातै जना सरकारी जागीरे !

डोटीको केआई सिंह गाउँपालिका–६ का एकै परिवारका ७ जना छोराछोरी सरकारी जागिरे छन् । प्रेमराज र बासुदेवी जैशीका सात सन्तान सबै सराकरी जागिरे हुन् ।

जैशीका ५ छोरा र एक छोरीले नेपाली सेनामा सेवा गरेका छन् भने एक जना सशस्त्र प्रहरी बलमा कार्यरत छन् । नेपाली सेनामा कार्यरत मध्ये दुई जनाले अवकाश पाइसकेका छन् ।

जेठा टिकाराम र माइला धर्मराज ०५४ सालमा नेपाली सेनाको सैनिक पदमा भर्ना भएका थिए । टिकारामले ०७१ र धर्मराजले ०७० सालमा अवकाश लिइसकेका छन् ।

साइला छोरा सहदेव भने सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा बरिष्ठ हवल्दार पदमा कार्यरत छन् । ‘सुरक्षा सेवामा लागेर देशका लागि काम गर्नुपर्छ भन्ने आत्मबलका कारण परिवारका सबै सदस्य सुरक्षा फौजमा लाग्यौं’, सहदेवले भने,‘अहिले हामी ५ जना कार्यरत नै छौं ।’

०५९ सालमा सशस्त्र प्रहरीमा छिरेका सहदेव भन्छन्,‘ग्रामिण बस्तीमा हुर्किएर सुरक्षा क्षेत्रमा सबैको सहभागीता भएको छ, यो खुसीको कुरा हो ।’

सहदेवपछिका छविलाल ०६१ सालमा नेपाली सेनामा भर्ती भ एभने उनी पछिका भाई भोजराज ०६८ सालमा भर्ती भए ।

दाजुभाईको सुरक्षा क्षेत्रको काम देखेर परिवारकी एक्ली बहिनीलाई पनि सेनाको जागिरले पुलकित बनायो । ‘हामीलाई देखेपछि बहिनीले पनि यहि जागिरमा जाने सोच बनाइछन्’, सहदेव थप्छन्,‘उनी पनि नेपाली सेनामा जवान पदमा छिन् ।’

सरिताकुमारी जैसी ०७२ सालमा सेनामा प्रवेश गरेकी थिइन् । उता परिवारका कान्छा छोरा, हरिष जैशी पनि ०७३ सालमा सेनामै प्रवेश गरे । जो, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत छन् ।