हाम्रै नेपालमा : चाउचाउ खाँदा ६ वर्षिय बालिकाले संसार छाडिन्, आमा र छोरा सि’किस्त विरामी

सूचना दैनिक
शनिबार, भदौ ७, २०७६

सन्तोष सिंह, धनुषा । 

चाउचाउ खाएर धनुषामा एक बालिकको मृ त्यु भएको छ । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृ’त अवस्थामा भेटिएकी हुन् ।

आमा पवित्रि देवी, ६ वर्षीया छोरी काजल र उनका ४ वर्षीय छोरा राकेश चाउचाउ खाएर सुतेका थिए । आज बिहान बालिका मृ’त अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताउनुभयो । चाउचाउ खाएका आमा र छोरा सि’किस्त अवस्थामा फेला परेपछि अस्पताल भर्ना गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

आमा छोरोको स्थानीय पपुलर अस्पतालमा उपचार भईरहेको छ । प्रहरी निरीक्षक थापाले भन्नुभयो, ‘दुबै जनाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । अस्पताल भर्ना भएकी आमा र छोरालाई फुड प्वाइजन भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । मृ’तक बालिकाको श’व पोष्ट’मार्टमका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो ।

चाउचाउ खाएकी आमा र छोरालाई फुड प्वाइजन भएको कारण चाउचाउकै कारण काजलको ज्यान गएको हुनसक्ने अनुमान गरिएपनि पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ । मृ’तक बालिकाको घरबाट ज्याकपोट लेखिएको चाउचाउको प्याकेट प्रहरीले बरामद गरेको छ ।

बालिकाको मृ’त्यु र एकै परिवारका २ जना सिकिस्त हुँदा थप विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ । यता प्रहरीले स्थानीय पसलहरुबाट परीक्षणका लागि चाउचाउको नमूना संकलन गरेको छ । बालिकाको मृ’त्यु भएको कारण बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाव उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।