हिरा’सतबाट रविको ‘म्यासेज’ र अडियो अन्तरवार्ता सार्वजनिक गर्नेलाई प्रहरीले कार’बाहि गर्ने

सूचना दैनिक
शनिबार, भदौ ७, २०७६

काठमाडौं । हिरासतमा रहेका रवि लामिछानेको अन्र्तवार्ता र सन्देश सार्वजनिक गर्नेमाथि प्रहरीले कार’बाहि गर्ने भएको छ।

प्रहरीले रवि पत्नी निकिता पौडेल र अन्तरवार्ता लिने पत्रकार टेकनारायण भट्टराईमाथि छानबिन गर्ने भएको छ ।

चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले अन्तरवार्ता लिएर सार्वजनिक गर्नेलाई कार्वा’ही गर्ने चेता’वनी दिएका छन्। उनले अनुसन्धानको घेरामा रहेका व्यक्तिको अडियो, भिडियो अन्तरवार्ता सार्वजनिक गर्न नपाइने भन्दै कार्वा’ही गर्ने बताएका हुन्।

खाना पुर्याउन जाँदा रवि लामिछाने कि पत्नी निकिता पौडेलले रविको सन्देश सार्वजनिक गरेको बताइएको छ । निकिताले केहि दिन अघि रविको हिरासतबाटै यस्तो सन्देश पठाएका छन् भन्दै फेसबुकमा सार्वजनिक गरेकि थिइन् । यस्तै हिरा’सतमा भेट्न गएका बेला पत्रकार टेक नारायण भट्टराईले अडियो अन्र्तवार्ता लिएका थिए ।

सार्वजनिक भएको अडियो रेकर्डमा रविले चितवनका एसपी दानबहादुर मल्लले पूर्वा’ग्रही भएर छानबिन गरेको र अनुसन्धान अधिकृत माथि चो’रको आ’रोप लगाएका छन् ।

रविले मृ’तक पत्रकार पुडासैनीका परिवारलाई मल्लले नै आफू’विरुद्ध किटानी जाहेरी दिन लगाएको पनि उल्लेख गरेका छन् ।

प्रहरी अनुसन्धानमा रहेका व्यक्तिले प्रहरी, सरकारी वकिल र अदालतमा बयान दिने क्रममा बाहेक सार्वजनिक रुपमा आफूमाथि लागेको अभियो’गबारे बोल्न मिल्दैन । गैर’कानूनी रुपमा प्रतिबन्धित काम भएको भन्दै प्रहरीले निकितामाथि अनुसन्धान गर्न लागेको हो ।

यस्तो छ रविको सन्देश र अडियो अन्र्तवार्ता