सन्नी लियोनी खेलेको नेपाली फिल्म ‘पासवर्ड’को प्रोमो रिलिज

नेपाली फिल्म ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीलाई पनि प्रस्तुत गरिएको छ ।
लण्डनमा छायांकन गरिएको यो गीतका लागि महंगो बजेट खर्च गरिएको छ । चलचित्रमा समावेश हुने ‘सन्नी हो नाम मेरो’ बोलको गीतमा सन्नीले नृत्य गरेकी छिन् भने कोरियोग्राफर बिष्णु देभाले भिडियोको निर्देशन गरेका छन् ।

बिष्णुले बलिउडका चर्चित नायकहरु साहरुख खान, सलमान खानलाई समेत कोरियोग्राफी गरिसकेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यो गीतको भिडियोमा नृत्य गर्न सन्नी ७ जनाको टिमसहित लण्डन पुगेकी थिइन् । यो गीतको भिडियोमा सन्नीलाई २ सय बढी डान्सरलाई साथ दिएका छन् ।

सन्नीले यो गीतका लागि २ करोड भारतीय रुपैयाँमा संझौता गरेको निर्माणपक्षले बताएको छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा सन्नीको माग अनुसार नै गीत तयार पारिएको हो । एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ ।

एक्सन र थ्रिलर कथामा चलचित्र बनेको छ । चलचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ । सौरभ लामाले यो चलचित्र खिचेका हुन् ।

प्रोमोमा नायक अनुपविक्रम शाहीलाई स्टाइलिस लुक्समा देख्न सकिन्छ । सँगै अभिनेता धिरेन शाक्य, विक्रम जोशी, बुद्धी तामांग, रविन्द्र झा लगायतका कलाकारले पासवर्डको प्रोमोमा विभिन्न रुपमा प्रस्तुत गरिएको छ । नायिका छुल्ठिम गुरुंगको एक झलक मात्र देखाइएको छ ।

सम्राट बस्नेतको निर्देशन रहेको फिल्म पासवर्ड लाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका हुन् । सिमा गुरुंगको कथा रहेको फिल्मको संवाद महेश दवाडी र निर्देशक बस्नेतले लेखेका हुन् । ‘पासवर्ड’ यही भदौ २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

नेपाली फिल्म ‘पासवर्ड’मा सन्नीको हट आइटम हेर्नुहोस केही तस्विरहरु

प्रकाशित मिति August 24, 2019

प्रतिकृया दिनुहोस