रविका बिरुद्द बहस गर्न लागेका स्वागत नेपालको खुलासा, ‘रवी भोलि रिहा हुदैनन्, उनि १ बर्ष जेल जान्छन्’ (भिडियो)

सूचना दैनिक
शनिबार, भदौ ७, २०७६

रविको पक्षमा सामाजिक सञ्जालमा सक्रियहरुले उनलाई निर्दोष ठहर गरिदिइसके । उनको परिवार र उनको दावी गर्दै रविकी श्रीमती निकिता पौडेलले सञ्जालमा राखेको सामाग्रिले रवि आफैं पनि न्याय प्रकृयाबाट भन्दा भिडबाटै न्याय खोज्न सक्रिय देखियो । मंगलबार दोस्रो पटक म्याद थप भएपछि निकिताको फेसबुकमा पोस्ट भएको रविको धारणामा उनले आफू रिहा भएको पाँच मिनेटमै निर्दोष रहेको पुष्टी गर्ने हास्यास्पद तर्क गरिएको मात्रै छैन, प्रहरी सुरक्षा घेरामा हिरासतमा रहेका उनले प्रहरीबाटै असुरक्षा रहेको, आफूलाई पाँच वर्ष थुन्ने शड्यन्त्र गरेको जस्ता दावी गरे ।

जवकी म‌ंगलबार उनका कानुन व्यवसायीले प्रेसब्रिफमा अदालतमा न्यायधिषले तपाइलाइ हिरासतमा केही अप्ठ्याराे छ भनेर साेध्दा हिरासतमा बस्दाकाे परिस्थिती बाहेक प्रहरीबाट त्यस्ताे केही अप्ठ्याराे नभएकाे बताएकाे जानकारी दिएका थिए । अहिले भइरहेको प्रारम्भिक अनुसन्धान हो । अनुसन्धान सकिएपछि मुद्धा दर्तासँगै थुनछेक बहस हुने हो जसमा साधारण तारेख, धरौटी या र्पूपक्षका लागी थुनामा राखेर सुनुवाई अगाडि बढाउने भन्नेमा बहस हुन्छ ।

बहसबाट आउने आदेश अनुसार उनी धरौटी या तारेखमा बाहिरै बसेर कानुनी लडाइमा सहभागी हुन पनि सक्छन् । पूर्पक्षका लागी थुनामा पठाए उनले कारागारमा बसेर आफ्नो पक्षमा वकालत गर्नुपर्ने छ । अन्तिम फैसलापछि मात्र उनी दोषी हुन् या निर्दोश पुष्टी हुनसक्छ । त्यसका लागि समय प्रशस्तै छ । तर निकिताको फेसबुकमा रहेको धारणा अनुसार उनलाई अहिले नै जेल हाल्ने तयारी गरेको, प्रहरी र अदालत दुबै प्रभावित बनिसकेको शन्देस दिने प्रयास गरेको देखिन्छ ।

पत्रकारिता र लेखनबाट खारिएका कानुन व्यवसायी स्वागत नेपाल कुनैपनि घ टना विशेषको चिरफार गर्ने दख्खल राख्छन् । गहिरो अध्ययन गर्ने उनले शालिग्राम  प्रकरणपछि रवि लामिछानेको प क्राउ र यससँग जोडिएको तथ्य र कानुनी तर्कहरु पेश गर्दै अन्तवार्ता दिएका छन् जुन तलको भिडियोमा हेर्नुहोला