शालिकराम प्रकरण : ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

सूचना दैनिक
आइतवार, भदौ ८, २०७६

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृ’त भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले गर्लफ्रेन्डसँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको छ।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ भन्ने खबर नागरिक दैनिकमा छ। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, शेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बराम गरेको वडाध्यक्ष उत्तम अधिकारीले जानकारी दिए। प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन। घरबेटी गोमा न्यौपानेले पुडासैनी कोठामा केटी लिएर आउने गरेको बताए।

यसैबिच हिजो मात्रै कान्तिपुर दैनिक ले शालिग्राम र अस्मिता बिच धेरै समयअगाडीदेखि भैरहेका सम्पूर्ण म्यासेजको अनुसन्धान गर्दै शालिग्रामले रुकु भनिने अस्मितालाई विभिन्न खालका टर्चर दिने समाचार छापेको थियो । उसको निर्षकर्ष थियो एकस्ट्रा म्यारिटियल अफयेर (विवाह पछि अर्कै मानिससँग राखिने सम्वन्ध)को कारणले गर्दा पुडाशैनीले आ’त्मह’त्याको बाटो रोज्नुपरेको हो ।

पढ्नुहोस् यस्तो थियो कान्तिपुर दैनिकको विश्लेषण