माग्ने बुडाले गरे रबि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने निर्णय (हेर्नुहोस पुरा बिबरण)

सूचना दैनिक
आइतवार, भदौ ८, २०७६

काठमाडौं। हास्य कलाकार केदार प्रसाद घिमिरे माग्ने बुडा शालिकराम पुडासैनी प्र करणमा प क्राउ परेका रबि लामिछानेको पक्ष्यमा उभिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै माग्ने बुढाले आफू सत्यको पक्षमा रहेको र रवि लामिछानेलाई खुलेर साथ दिने बताएका छन् ।

उनले फेसबुक स्टेटसमा लेखेका छन्,‘आजसम्म कुनै निर्णय बाहिर नआएको र भित्रै राखेर अल्झाइरहने अवस्था देखिएकोले रवि दाईलाई बचाउने अभियानमा खुलेर साथ दिने निर्णय गरियो । (सालिक राम पुडासैनी परिवार पनि न्याय पाउनुपर्छ ) मातृभूति, आमा, स्वधर्म र सत्य यी चार कुरामा समर्थन गर्नुपर्दछ । गाली र गाली दुवै स्वीकार्य छ । (नोट : कसैको नून खाएको छैन) ।

उता पत्रकार रबि लामिछाने पत्नी निकिता पौडेल लामिछानेको फेसबुक मार्फत लेखिएको स्टाटसमा भनिएको छ सम्भवत : सम्माननीय अदालतले  (आईतबार ) मलाई प्रा*रम्भिक न्याय दिनेछ ।

यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्या*यका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृ*दय देखि आभार ब्यक्त गर्दछु ।

हेर्नुहोस स्टाटस जस्ताको तस्तै-

प्रहरीको अ*नुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु । न्याय अझै म*रेको छैन । सम्भवत : सम्माननीय अदालतले भोलि (आईतबार ) मलाई प्रा*रम्भिक न्या*य दिनेछ । यो १० दिनको दौ*रानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्या*यका निम्ति आवाज उठाउँदै साथ सहयोग र स*मर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।- रवि लामिछाने“ We are for TRUTH; We are for JUSTICE” #proudtobeyourwife# with Rabi Lamichhane #imwithrabilamichhane