मेरो श्रीमतीले जानकारी बिना घर छोडेर गइन्, हामी पुरूषको लागि न्यायलय छैन ?

सूचना दैनिक
आइतवार, भदौ ८, २०७६

प्रश्नः म अहिले युएईमा छु। विवाहित हुँ। दुई वर्षको छोरा पनि छ। मेरो श्रीमतीले फोन गर्दा नउठाउने, एसएमएसको रिप्लाई पनि नगर्ने।

पटक-पटक कोशिस गर्दा नभएपछि छुट्टि लिएर घर गएँ। समस्या के हो भनेर सोध्दा तपाईंसँग बस्न मन छैन भन्छ। बुवा काकाले गर्दा मसँग विवाह गरेको रे। विवाह भएको १५ दिनबाट यस्तो भएको हो।

मैले यो समस्या परिवार र ससुरालीमा राखें। ससुरालीले मिल्नुपर्छ भनेर मिलाएर पठाउनु भो। तर फेरि त्यस्तै भयो। यसले गर्दा मलाई परदेशमा गाह्रो भइरहेको छ।

हृदयघात होला जस्तो हुन्छ। यो समस्या समधानका लागि कुनै कानूनी उपचार छैन्? मेरो नानीको भविष्य भताभुङ्ग भो। हामी पुरुषका लागि कुनै न्यायलय छैन ? मेरो श्रीमतीले जानकारी बिना घर छोडेर गइन्।

छोरा पनि लिएर गइन्। घरमा फोन गर्दा थाहा पाएँ कि मेरी श्रीमतीले सम्पतिको हकदावी र नानीको खर्चका लागि मासिक १५ हजार पाउँ भनेर मुद्धा हालेको रहेछ।

उत्तरः

तपाईंको समस्याबारे हामीले विभिन्न कानून व्यवसायीसँग जिज्ञासा राखेका थियौं। मूल समस्या तपाईको श्रीमती सन्तान सहित घर बाहिर बस्नु भएको रहेछ।

तपाईंको श्रीमतिलाई खान लाउने ब्यवस्था नगरि घरबाट निकालेको हो भने उनी र बच्चाको खान लाउने खर्च भराउने दायीत्व तपाईंको परिवारको हुन्छ। यदि आफैँ घरबाट निक्ली गएको हो भने तपाईंलाई त्यस्तो खर्च भराउने दायीत्व छैन।

तपाईंको सन्तान नाबालख रहेछ र आमाले म पाल्छु भनेको हो भने वहाँले नै पाल्न पाउने अधिकार छ यस्तोमा बच्चाको उचित स्याहार गर्ने दायीत्व आमाको हुन्छ। आमाले उचित स्याहार गर्न नसके बाबुले पाल्नु पर्छ।

यदि वहाँले पाल्न नचाहेको हो भने आफ्नो बच्चालाई पाल्ने दायीत्व बाबुको हुन्छ। तर जस्ले पाले पनि आफ्नो आमा बाबुलाई भेट्ने अधिकार बालखको हुन्छ। तपाईंलाई श्रीमतीसँग सम्बन्ध बिच्छेद गर्ने अधिकार छ । त्यसका लागि अदालत जान सक्नु हुन्छ।