अस्मिताका दाजु जगत भन्छन -बैनीले अष्ट्रेलियाको हैन लोकसेवाको तयारी गरेकी थिइन , बैनीलाई शालिकले फसायो !

सूचना दैनिक
आइतवार, भदौ ८, २०७६

काठमान्डौ , शालिकराम मृत्यु प्रकरणमा पक्राउ परेकी अस्मिता कार्कीका दाजु जगत कार्कीले आफ्नी बैनीलाई शालिकरामले फसाएको बताएका छन् । शालिक रामले आफु न्युज २४ मा रबि लामिछाने संग काम गर्ने भन्दै अस्मितालाई प्रलोभनमा परेको बताए ।

शालिकरामले आफु अबिबाहित रहेको , रबि लामिछाने संग काम गरेको भन्दै ब्ल्याक मेलिंग गरेर फसाएको बताए । औंले अस्मितालाई फसाउन को लागि बि*ष सेवन गर्दैछु भन्दै तस्बिर सम्म पठाउने गरेको भेटिएको बताए। आत्महत्या गर्नु पुर्ब रेकर्ड गरिएको भनिएको भिडियो मा शालिकरामले अस्मिता कार्की को समेत नाम लिएका थिए ।

शालिक राम ले सोहि भिडियो मा रबि लामिछाने लगायतको टिमले आफुलाई अष्ट्रेलिया जाने केटि मिलाइदिन्छु भन्दै आफुलाई फसाएको बताएका थिए तर जगतले भने आफ्नै बैनीले आज सम्म अष्ट्रेलिया जानको लागि कुनै तयारी नगरेको बरु लोकसेवाको भने तयारी गरेको बताए । शालिक रामले नै फेस बुकमा रिक्वष्ट पठाएर म्यासेज गरेर बारम्बार भेटौ भन्दै अस्मितालाई म्यासेज गरेको बताए । एक युत्य्ब संग अन्तरबार्ता दिदै उनले आफ्नी बैनीको गोप्य च्याट बाहिरिएको बिषयमा उनले आपत्ति जनाएका छन् ।