चितवन अपडेट : अनुसन्धान फाइल सरकारी वकिलसामु पेश, आजै थुनछेक बहस सुरु हुने

सूचना दैनिक
आइतवार, भदौ ८, २०७६

चितवन, ८ भदाै । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार शालिकराम पुडासैनीको आ’त्मह’त्या प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा बुझाएको हाे ।

प्रहरीले अनुसन्धानसहितको राय प्रतिवेदन मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले आ’त्मह’त्या र आ’त्मह’त्याका लागि दुरुत्साहन गरेको भन्ने विषयमा विभिन्न पक्षबाट प्रमाणसहित मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेश गर्नेछ ।

आज पत्रकार सम्मेलन गर्दै सीआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आ’त्मह’त्या दुरुत्साहन अभि’योग अन्तरगत रहेर नै अनुसन्धान पूरा गरेको जानकारी दिए । सोही अनुरुप अदालतमा पेश गर्न लागिएको उनकाे भनाइ थियाे ।

उनले अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइसकिएको र आजै अभि’योग पत्र दायर गर्न लागिएको जानकारी दिएका हुन् । आजैदेखि थुनछेक बहस सुरु हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जाहेरीवालाको तर्फबाट पाँचजना अधिवक्ताले बहस गर्ने तयारी छ । प्रतिवादीका तर्फबाट अधिवक्ता सुशील पन्त, सुनिल पोखरेल र चुडामणि सापकोटाले बहस गर्ने तयारी छ ।

पत्रकार पुडासैनीको नारायणगढको एक होटलमा साउन २० गते झुण्डि’एको अवस्थामा श’व फेला परेको थियो । उनको मोबाइलमा भेट्टिएको भिडियोमा सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीका कारण आफूले आ’त्मह’त्या गरेको उल्लेख छ ।

त्यहीँ भिडियोको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । लगत्तै परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले तीनजनाका कारण आफ्नो श्रीमानले आ’त्मह’त्या गरेको भन्दै कारबाहीका लागि किटानी जाहेरी दिएकी थिइन् ।

रविका बिरुद्द बहस गर्न लागेका स्वागत नेपालको खुलासा, ‘रवी रिहा हुदैनन्, उनि १ बर्ष जेल जान्छन्’ (भिडियो)

रविको पक्षमा सामाजिक सञ्जालमा सक्रियहरुले उनलाई निर्दोष ठहर गरिदिइसके । उनको परिवार र उनको दावी गर्दै रविकी श्रीमती निकिता पौडेलले सञ्जालमा राखेको सामाग्रिले रवि आफैं पनि न्याय प्रकृयाबाट भन्दा भिडबाटै न्याय खोज्न सक्रिय देखियो । मंगलबार दोस्रो पटक म्याद थप भएपछि निकिताको फेसबुकमा पोस्ट भएको रविको धारणामा उनले आफू रिहा भएको पाँच मिनेटमै निर्दोष रहेको पुष्टी गर्ने हास्यास्पद तर्क गरिएको मात्रै छैन, प्रहरी सुरक्षा घेरामा हिरासतमा रहेका उनले प्रहरीबाटै असुरक्षा रहेको, आफूलाई पाँच वर्ष थुन्ने शड्यन्त्र गरेको जस्ता दावी गरे ।

जवकी म‌ंगलबार उनका कानुन व्यवसायीले प्रेसब्रिफमा अदालतमा न्यायधिषले तपाइलाइ हिरासतमा केही अप्ठ्याराे छ भनेर साेध्दा हिरासतमा बस्दाकाे परिस्थिती बाहेक प्रहरीबाट त्यस्ताे केही अप्ठ्याराे नभएकाे बताएकाे जानकारी दिएका थिए । अहिले भइरहेको प्रारम्भिक अनुसन्धान हो । अनुसन्धान सकिएपछि मुद्धा दर्तासँगै थुनछेक बहस हुने हो जसमा साधारण तारेख, धरौटी या र्पूपक्षका लागी थुनामा राखेर सुनुवाई अगाडि बढाउने भन्नेमा बहस हुन्छ ।

बहसबाट आउने आदेश अनुसार उनी धरौटी या तारेखमा बाहिरै बसेर कानुनी लडाइमा सहभागी हुन पनि सक्छन् । पूर्पक्षका लागी थुनामा पठाए उनले कारागारमा बसेर आफ्नो पक्षमा वकालत गर्नुपर्ने छ । अन्तिम फैसलापछि मात्र उनी दोषी हुन् या निर्दोश पुष्टी हुनसक्छ । त्यसका लागि समय प्रशस्तै छ । तर निकिताको फेसबुकमा रहेको धारणा अनुसार उनलाई अहिले नै जेल हाल्ने तयारी गरेको, प्रहरी र अदालत दुबै प्रभावित बनिसकेको शन्देस दिने प्रयास गरेको देखिन्छ ।