चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप

सूचना दैनिक
आइतवार, भदौ ८, २०७६

काठमाडौँ – चितवनमा पत्रकार रवि लामिछानेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने निर्दोष रहेको दाबीसहित रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

सो क्रममा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । चितवनमा रवि लामिछाने समर्थकहरु दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

आज अरु दिन भन्दा ठूलो संख्यामा समर्थकहरु प्रदर्शनमा उत्रेका छन् ।

र यो पनि पढ्नुहोस्

चितवन अपडेट : अनुसन्धान फाइल सरकारी वकिलसामु पेश, आजै थुनछेक बहस सुरु हुने

चितवन, ८ भदाै । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार शालिकराम पुडासैनीको आ’त्मह’त्या प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनमा बुझाएको हाे ।

प्रहरीले अनुसन्धानसहितको राय प्रतिवेदन मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले आ’त्मह’त्या र आ’त्मह’त्याका लागि दुरुत्साहन गरेको भन्ने विषयमा विभिन्न पक्षबाट प्रमाणसहित मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेश गर्नेछ ।

आज पत्रकार सम्मेलन गर्दै सीआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आ’त्मह’त्या दुरुत्साहन अभि’योग अन्तरगत रहेर नै अनुसन्धान पूरा गरेको जानकारी दिए । सोही अनुरुप अदालतमा पेश गर्न लागिएको उनकाे भनाइ थियाे ।

उनले अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइसकिएको र आजै अभि’योग पत्र दायर गर्न लागिएको जानकारी दिएका हुन् । आजैदेखि थुनछेक बहस सुरु हुने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जाहेरीवालाको तर्फबाट पाँचजना अधिवक्ताले बहस गर्ने तयारी छ । प्रतिवादीका तर्फबाट अधिवक्ता सुशील पन्त, सुनिल पोखरेल र चुडामणि सापकोटाले बहस गर्ने तयारी छ ।

पत्रकार पुडासैनीको नारायणगढको एक होटलमा साउन २० गते झुण्डि’एको अवस्थामा श’व फेला परेको थियो । उनको मोबाइलमा भेट्टिएको भिडियोमा सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीका कारण आफूले आ’त्मह’त्या गरेको उल्लेख छ ।

त्यहीँ भिडियोको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । लगत्तै परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले तीनजनाका कारण आफ्नो श्रीमानले आ’त्मह’त्या गरेको भन्दै कारबाहीका लागि किटानी जाहेरी दिएकी थिइन् ।