कफीको अनौठो चमत्कार ! जस्तो सुकै जिद्दी दागलाई पनि सजिलै पार्छ सखाप !

सूचना दैनिक
आइतवार, भदौ ८, २०७६

सुन्दरता महिलाहरुको लागि एक प्रतिक हो । तर अनुहारमा आएका विभिन्न दागको कारण महिलाहरुको सुन्दर हुने चाहनामा परिवर्तन देखिएको हुन्छ । लामो समय देखि अनेकौ उपाय अपनाएर उपचार गर्दा गर्दै थकित भएर उपचार गर्नै छोडेका हुन्छन् ।यस्तो समस्या धेरै महिलामा हुने गर्छ । अनावश्यक दाग हटाउन हजारौ हजार पैसा पनि र्खच गरिसकेका हुन्छन् । त्यसकारण यस्तै चिन्तामा परेका महिलाहरुको समस्यालाई मध्यनजर गर्दै लामो समयदेखि रहेका जिद्दी दागलाई कसरी हाउने भन्ने बारे बताउन गइरहेका छौँ ।

आवश्यक सामाग्री –

जेलाटिन पाउडरकफी , पानी – बनाउने तरिका : एउटा सफ कचौरा लिने र त्यसमा एक चम्चा जेलाटिन पाउडर, एक चम्चा कफी राखेर पानी हालेर राम्रोसँग फिट्ने । त्यसपछि एउटा कचौरामा चिसो पानी राखेर केही समय पाउडर र कफी मिसेर बनाएको पेस्टलाई त्यतिकै राख्ने । अब एक चम्चा मह र कागतीको रस राखेर राम्रोसँग फिट्ने । अब कफी र जेलाटिन पाउडरको पेस्ट तयार भयो ।

अनुहारको कालो दाग हटाउन अण्डाको सेतो भाग, कसरी प्रयोग गर्ने ?

एजेन्सी – अण्डा स्वस्थ्य शरीरको लागि मात्र नभई सुन्दरता बढाउन पनि उत्तिकै फाइदाजनक छ । अण्डाको सेतो भाग अनुहारको सुन्दरताको लागि प्रयोग गर्न सकिन्छ । यसले अनुहारको धेरै समस्याको समाधान गर्ने छालामा भएका कालो दागलाई हटाएर सफा बनाउन मद्दत गर्छ । छालामा हुने जलन कम गर्नको लागि पनि अण्डाको प्रयोग गर्न सकिन्छ ।

अण्डाको सेतो भागको फाइदा

कालो दाग हटाउन

विभिन्न प्रकारका कस्मेटिकको प्रयोगले गर्दा आजभोलि हरेकको समस्या भएको छ कालो दाग (ब्लाकहेड्स) । अनुहारमा आउने कालो धब्बा लामो समयसम्म नजाँदा धेरैलाई हैरान बनाएको पाइन्छ । जसको लागि अण्डाको सेतो भागको प्रयोग गर्न सकिन्छ ।

अनुहारको रौं हटाउन

अण्डाको सेतो भाग लगाउँदा अनुहारमा आएका अनावश्यक रौं हट्दै जान्छ । यसले अनावश्यक रौं हटाउनुका साथै छालालाई कसिलो बनाउन पनि मद्दत गर्छ ।

चिप्लो छालाको लागि

अनुहारमा भएका खुल्ला छिद्रहरु पुर्न अण्डाको सेतो भागको प्रयोग उचित हुन्छ । साथै यसले अनुहारमा भएको अनावश्यक फोहोरको पनि सफाई गर्छ । अण्डाको सेतो भाग अनुहारमा लगाएर चिसो पानीले धुने गर्दा अनुहारमा आउँने अनावश्यक तैलियपन कम गराउँछ ।

कसरी प्रयोग गर्ने ?

अण्डाको सेतो भाग र मह

अण्डाको सेतो भागमा मह मिसाएर पेस्ट बनाउँने र ब्रसले उक्त पेस्ट दुई तीनपटक लगाएपछि २० मिनेटपछि धुने । यो प्रक्रिया हप्तैपिच्छे गर्दा छालामा सुन्दरता बढ्दै जान्छ ।

बेकिङ सोडा र अण्डाको सेतो भाग

कालो धब्बा हटाउनको लागि २ चम्चा बेकिङ सोडामा एउटा अण्डाको सेतो भाग मिसाउने र पेस्ट बनाउने । लगाएको ५ मिनेटसम्म विस्तारै मसाज गर्ने र १० मिनेटपछि पानीले पखाल्ने ।

चिनीको स्क्रब र अण्डाको सेतो भाग

एक चम्चा चिनीमा दुई वटा अण्डाको सेतो भाग मिसाउने र अनुहारमा लगाएर सर्कुलर मोसनमा बिस्तारै मसाज गर्ने १० मिनेट पछि मिच्न छोड्ने र पानीले पखाल्ने ।