सांसदको प्रश्न– रवि प्रकरणमा अवाञ्छित गतिविधि भयो, नियन्त्रण गर्न गृहमन्त्रालय सक्षम छ कि छैन ?

सूचना दैनिक
आइतवार, भदौ ८, २०७६

काठमाडौं– सांसद बलराम सापकोटाले कानूनको राज्य र विधिको शासनलाई चुनौती दिन मिल्छ भन्दै प्रश्न गरेका छन् ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको पक्षमा केही दिनयता भइरहेको प्रदर्शनलाई लक्षित गर्दै उनले कानूनी राज्यलाई भीडतन्त्रले चुनौती दिएको बताए ।

‘कानुनको राज्य, विधानको शासनलाई कसैले चुनौती दिन मिल्छ कि मिल्दैन ? लोकतन्त्र भनेको भीडतन्त्र हो ?’ सांसद सापकोटाले प्रश्न गरे ।

केहि दिनयता लामिछाने प्रकरणसँग जोडिएर सामाजिक सञ्जाल लगायतमा अवाञ्छित गतिविधि भइरहेको भन्दै सापकोटाले त्यसलाई नियन्त्रण गर्न गृहमन्त्रालय सक्षम छ कि छैन ? भन्दै प्रश्न गरे ।

उनले यसबारेमा सरकारको धारणा संसदले जानकारी पाउनुपर्ने बताए ।

सार्वभौम सत्ताले कानून बनाएको भन्दै उनले त्यसलाई कार्यान्वयन गराउन सरकार किन पछि परिरहेको छ भन्दै प्रश्न गरे ।

र यो पनि पढ्नुहोस्

रवि लामिछानेसहित तीन जनाबिरुद्ध आ’त्मह’त्या दुरुत्साहनमा मु’द्दा दर्ता

काठमाडौँ: आ’त्मह’त्या दुरुत्साहन कसुरमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवन सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा मु’द्दा दर्ता गरेको छ।

जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुर्‍याएपछि अध्ययन गरेर जिल्ला अदालतमा यी तीनबिरुद्ध मु’द्दा दर्ता गरिएको हो। आइतबार दिउँसो यी तीनबिरुद्ध मु’द्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ।

अब केहीबेरमै यो मु’द्दामा थुनछेक बहस सुरु हुनेछ।

बहस आइतबार नै सकिए थुनछेकको आदेश बेलुकासम्ममा आउने छ। यसमा कति जना वकिलले बहस गर्नेछन् भन्नेले पनि आइतबार नै आदेश आउने -नआउने भरपर्ने छ। दिउँसोसम्म अदालतमा अभियोग पत्र पेश भइनसकेकाले आइतबार नै थुनछेकको आदेश आउने सम्भावना कम देखिन्छ। थुनछेकको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश गर्ने छ।

पत्रकार सालिकराम पुडासैनी आ’त्मह’त्या प्रकरणमा प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। सालिकरामले आ’त्मह’त्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।