चितवनका डीएसपीसहित चार प्रहरी घा’इते, गाडी तोडफोड र प्रदर्शन

सूचना दैनिक
आइतवार, भदौ ८, २०७६

चितवन । चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झ’डप हुँदा चितवन प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायाण कोइरालासहित चारजना प्रहरी र केही प्रदर्शनकारी घा’इते भएका छन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी’चार्जका साथै केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

पत्रकार रवि लामिछानेका रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले बा १६ च ३०४१ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै सडकमा बालेर प्रदर्शन गरिरहेका छन् ।

पत्रकार शालिकराम पुडासैनी मृ’त्यु प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट निय’न्त्रणमा लिएको थियो ।

साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डि’एको अवस्थामा फेला परेका थिए ।

आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आ’त्मह’त्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, रवि लामिछाने र युवराज कँडेलविरुद्ध अभियोगपत्र दायर गरेको छ ।