चितवनमा आज प्रहरीमाथि ढुंगा प्र’हार गर्ने १० जना रविका समर्थकलाई प्रहरीले प’क्राउ गर्‍यो

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा हुलदंगा गर्न खोजेको भन्दै प्रहरीले १० जना प्रदर्शननकारीलाई पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनीलाई आ’त्मह’त्या गर्न दुरुत्साहन गरेको अभियोग खेपिरहेका रवि लामिछानेका समर्थकहरु बिहानैबाट प्रदर्शनमा उत्रिएका थिए ।

सो क्रममा आइतबार राति प्रदर्शनकारीले हुलदंगा गर्दै प्रहरीमाथि नै आ’क्रमण गरेपछि नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्यास प्रयोग गरेको थियो । यसरी हुलदंगा र प्रहरीमाथि ढुंगा हान्नेमध्ये १० जनालाई पक्राउ गरेको हो ।

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा चितवन प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एकनारायाण कोइरालासहित चारजना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी’चार्जका साथै केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

पत्रकार रवि लामिछानेका रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले बा १६ च ३०४१ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै सडकमा बालेर प्रदर्शन गरेका थिए ।

रवि समर्थकले गरेको तोडफोडबाट क्षतिग्रस्त भएको बा १६ च ३०४१ नम्बरको कार ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, रवि लामिछाने र युवराज कँडेलविरुद्ध अभियोगपत्र दायर गरेको छ ।

आज रवि लामिछाने लगायत अन्यको बयान नलिएपछि लामिछाने पत्नी निकिताले फेसबुकमा यस्तो स्टाटस लेखेकी छिन् ।

 

पछिल्लो समयमा रवि लामिछानेको तर्फबाट निकिताले आफ्नो फेसबुकबाट लगातार स्टाटस राखिरहेकी छिन् । प्रहरीले अनुसन्धानको लागि रविको मोबाइल लगेको छ ।दैनिक खाना खुवाउन जाने गरेकी निकिताले रविसँग कुरा गर्दै उक्त स्टाट्स लेख्ने गरेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति August 25, 2019

प्रतिकृया दिनुहोस