चितवनमा भोलीदेखि अनि’श्चितकालीन क’र्फ्यू जारी

काठमाडौं। पत्रकार शालिकराम आ’त्महत्या प्रकरणमा जिल्ला अदालत चितवनमा सुनुवाई चलिरहेका बेला त’नाव बढ्ने देखेपछि स्थानीय प्रशासनले सोमबार बिहान ६ बजेदेखि अनि’श्चितकालीन निशे’धाज्ञ जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थानीय प्रशासन ऐनअनुसार अर्को आदेश जारी नभएसम्मका लागि निशे’धाज्ञ जारी गरेका हुन्। शालिकाराम प्रकर’णमा न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने लगाययत तीनजनावि’रुद्ध न्यायिक अभियोजन चलिरहेका बेला उनको रिहाई माग गर्दै हुलहु’ज्जत भएको भन्दै सोमबार बिहान ६ बजेदेखि ५ जनाभन्दा जम्मा हुन नपाउने गरी भरतपुरमा निशे’धाज्ञ जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यक्रम प्रस्तोता लामिछाने निर्दोश रहेको र उनलाई फसाउने षडयन्त्र भएको भन्दै उनी प’क्राउ परेदेखि नै चितवनमा प्रदर्शनहरु भइरहेका छन्।

आइतबार जिल्ला सरकारी वकीलको कार्यालयले लामिछानेलगायत तीनजना विरुद्ध आ’त्मह’त्या दुरुत्साहनको अभि’योगमा हदैसम्मको स’जाय माग दावी गर्दै जिल्ला अदालत चितवनमा मु’द्दा दायर गरेको छ। मुद्दा’को पहिलो सुनुवाई आइतबारै शुरु भएको छ।

आइतबार अभियुक्त मध्ये एकजनामात्र अस्मिता कार्कीको बयान सकिएको छ। बाँकी दुईजनाको बयान सोमबार हुनेछ । उनीहरु तीनैजना हाल जिल्ला प्रहरी कार्यालय चितवनको हि’रासतमा छन् । पत्रकार पुडासैनीले लामिछाने, युवराज कँडेल र युवति कार्कीकै कारण आफुले आ’त्मह’त्या गर्नुपरेको भिडियो रेकर्डिंगमा उल्लेख गरेका थिए।

प्रकाशित मिति August 25, 2019

प्रतिकृया दिनुहोस