रबिका ‘फ्यान’लाइ प्रश्न : के शालिकराम पुडासैनी प्रचण्डकै आग्रहमा चितवन आएर झु’ण्डिएका हुन् ?

मनहरि तिमल्सिना

पत्रकार शालिकराम पुडासैनीलाइ आत्मह’त्या गर्न बाध्य पारेको भन्दै टेलिभिजन प्रस्तोता रबि लामिछाने सहित अन्य दुइ जनालाइ प्रहरीले हिरासतमा लिएपछि सामाजिक संजालमा ‘कमेन्ट वार’ सुरु भएको छ। रबि लामिछानेका समर्थकहरुले बदनाम गर्ने नियतले नेकपाका अध्यक्ष प्रचण्डको समेत नाम लिएर नाराबाजी गर्न थालेका छन् ।

यसै कुरालाई अंकित गर्दै लोकपाटीडटकमका प्रधान सम्पादक मनहरि तिमल्सिनाले रबि लामिछानेका समर्थकहरुलाई १२ वटा प्रश्न गरेका छन्। कसैको उकसाहट उत्तेजित भएर कानुनको उल्लङ्घन नगर्न समेत सबैलाई आग्रह गरेका छन्। हेर्नुस् सम्पादक तिमिल्सिनाको लेख जस्ताको तस्तै।

“पुडासैनीको आत्महत्या र प्रचण्डबीच गोरु बेचेको साइनो पनि छैन। पुडासैनी आत्मह’त्या प्रकरणमा प्रचण्ड लगायतका नेताहरुमाथि घृ’णित लान्छना लगाउनेहरुलाई म सोध्न चाहन्छु,

१. के पत्रकार शालिकराम पुडासैनी प्रचण्डकै आग्रहमा चितवन आएर झु’ण्डिएका हुन् ?

२. के प्रचण्ड रवि लामिछानेसँग दोहोरी खेल्ने वा प्रतिशोध साँध्ने हैसियतका मान्छे हुन् ?

३. के रविका समर्थकले सोचेजस्तै र हल्ला गरेजस्तै प्रचण्डसँग ‘ढुकुरे छाति’ हुन्थ्यो भने देश गणतन्त्रसम्म आउँथ्यो ?

४. के तिमीहरुको विरोध प्रदर्शन प्रचण्डले २५ वर्ष लामो भूमिगत जीवनबाट ल्याइदिएको लोकतन्त्र र गणतन्त्रको प्रतिफल होइन ?

५. के रवि लामिछानेको पक्षमा दवाव सिर्जना गरेर प्राकृतिक न्यायको घाँटी निमोठ्न सकिन्छ ?

६. के शक्ति पृथकीकरणको सिद्धान्तको जगमा उभिएको लोकतान्त्रिक राज्यमा कसैले कसैलाई फसा’उन सम्भव हुन्छ ?

७. के प्रचण्डले मान्छेलाई फसाउन सक्ने वा फसाउन चाहने भए उनको विरोध गर्ने जति जेलमा हुन्थेनन् ?

८. के प्रचण्ड चितवनवासी भएकै कारण उनीमाथि यति घृणित र निन्दनीय आरोप लगाउन मिल्छ ?

९. के प्रचण्डले कुनै दिन रवि लामिछानेका विरुद्ध कुनै गतिविधि गरेको कुनै प्रमाण छ ?

१०. के प्रचण्डलाई बदनाम गरेर मसा’नघाट पुगेको राजतन्त्र फर्काउन सकिन्छ ?

११. के राजतन्त्रलाई घुँडा टेकाएका नेकपाका लाखौं समर्थकले २/४ हजार भिजालान्ते तह लगाउन सक्दैनन् ?

१२. के प्रचण्ड लगायतका नेताहरुमाथि युट्युव र सामाजिक सञ्जालमा घृणित आरोप लगाउनेहरु कानूनको दायरामा आउँदैनन् ?

नेताहरुले जनअपेक्षा पूरा गरेनन् भन्ने बहानामा नागरिकले अपराध गर्न मिल्दैन। हेक्का रहोस्, केही दिन अघि मात्र एक जना रवि समर्थकले नाङ्गो खुकुरी लिएर नेताहरु काट्ने भिडियो सार्वजनिक गर्दा जेलको बास झेलिरहेका छन्। तपाईहरु पनि कुनै गिरोहको उक्साहटमा अपराध कर्मतिर नलाग्नुस्।

आज प्रचण्ड र नेताहरुमाथि अश्लिल आरोप लगाउँदा जसले तपाईलाई उचालिरहेका छन्, भोलि तपाई हिरासत वा जेल पर्दा उनीहरु तपाईसँग हुने छैनन्। जेल भोग्ने तपाई एक्लैले हो, एकछिनको आवेगले जिन्दगी बर्बाद नपार्नुस्। होइन बरु जेल जान्छु। तर, अपराध गर्न छोड्दिनँ भन्नुहुन्छ भने तपाईहरुलाई रामराम मात्र भन्न सकिन्छ। फेरि पनि भन्छु, कानूनको खिलाफमा जानेहरु एक न एक दिन कानूनको कठघरामा उभिनैपर्छ।”

लेखक लोकपाटीडटकमका प्रधान सम्पादक हुन्, उपयुक्त सामाग्री उनले प्रयोग गर्ने सामाजिक संजाल फेसबुकबाट साभार गरिएको हो ।

प्रकाशित मिति August 25, 2019

प्रतिकृया दिनुहोस