ज्वाँईले जोखिम छ भन्नु भएको थियो, अब न्यायको आश छैन- शालिकरामका ससुरा जीवन घिमिरे

चितवन। माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृ’त्यु भएको १९ दिनपछि शनिबार मृ’तकका परिवार, आफन्त तथा छिमेकीको बयान लिइएको छ । पुडासैनी मृ’त्यु प्रकरणमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा आज बहस हुँदै छ।

मृतककी श्रीमती सम्झना घिमिरे, दाजु प्रकाश पुडासैनी, ससुरा जनक घिमिरे, साढुभाइ सुदीप रिमाल र छिमेकी गोकर्णनाथ न्यौपानेसँग शनिबार बयान लिइएको हो । मृतकको परिवारले न्याय पाउने सम्भावना कम रहेको गुनासो गरेको छ । मृतक पुडासैनीका ससुरा जीवन घिमिरेले न्याय नपाउने आशंका बढेको बताए ।

‘प्रहरीले देखाएको भिडियो हेर्दा र भिडियोमा तोकिएको व्यक्तिहरु पक्राउ पर्दा न्याय पाइएला कि भन्ने आशा थियो’, उनले भने, ‘तर अब आशा म’र्दै गएको छ ।’ उनले घटनामा संलग्न व्यक्ति ‘ठूला मान्छे’ रहेकाले सबैजना उनैको पछि लागेको बताए । घटनामा संलग्न भएको आशंकामा अनुसन्धान गर्न पनि नदिने प्रयास भइरहेको भन्दै घिमिरेले भिड जम्मा गर्न नसक्ने र पहुँच र पैसा नभएकालेहरुले न्याय पाउने सम्भावना नरहेको बताए ।

घटनाको सम्बन्धमा बयानका लागि प्रहरीले बोलाएपछि चितवन आइपुगेका उनले भने, ‘भोलि नै छाड्ने हल्ला पनि सुनियो, न्यायका लागि सबै ठाउँमा पुगिएको छ, यसै छाडिएछ भने पनि आफ्ना मान्छे बितेर गइहाले भनेर सन्तोष गरौंला ।’

उनलाई बयानको क्रममा ज्वाइँसँगको सम्बन्ध र हुने गरेका कुराकानीको बारेमा प्रश्न गरिएको थियो । पुडासैनीले न्यूज २४ टेलिभिजन छाडेर माउण्टेन टेलिभिजनमा काम थालेपछि भएको कुराकानीमा रविको कार्यक्रम छाडेर अर्कोमा सुरु गरें । तर, गरिखान देलान् जस्तो छैन, भनेको पुडासैनीका ससुरा घिमिरेले बताए । घिमिरेले भने, ‘मैले नछाडेको भए हुन्थ्यो । ठूला मान्छेसँग पंगा नलिएको भने हुने भनें’, उनले भने, ‘त्यसपछि पनि बेला–बेलामा कुरा त हुन्थ्यो । तर, त्यस विषयमा खासै कुरा भएन ।’

मृ’तकका छिमेकी दीपक पुडासैनीले मृ’तकका पक्षमा कुनैपनि प्रमाण छैन भनेर अफवाह फैलाई भिड जम्मा गरिएको आरोप लगाए । भिडियो भेटिँदा न्यायको आशा देखिएपनि रवि पक्षबाट भइरहेका गतिविधिले पी’डितले न्याय पाउने आशा कमजोर भएको बताए । “न्याय मरे’को देश रहेछ ।

‘यस घटनालाई पनि निर्मला पन्तको हत्या’जस्तै बनाउने प्रयास भइरहेको छ’- उनले भने । रविको समर्थनमा राजावादी र कांग्रेसका कार्यकर्ता खुलेर लागेपछि आफूहरु निराश भएको उनले बताए । गोकर्णनाथ न्यौपानेले मृत’कतर्फका सबैले बयान दिइसकेको भन्दै अदालतको निर्णयको प्रतिक्षामा रहेको बताए ।

प्रकाशित मिति August 26, 2019

प्रतिकृया दिनुहोस