रविसँग मिलेर शालिकरामलाई बला’त्कार केसमा फसाउन खोजेको अस्मिताको बयान

सूचना दैनिक
सोमवार, भदौ ९, २०७६

काठमाडौं । सवि लामिछाने सहित ३ जनाको नाम पोलेर आ’त्मह’त्या गरेका पत्रकार शालिकराम पुडासैनीलाई आफुहरुले बला’त्कारको केसमा फसाउन खोजेको अस्मिता भनिने रुकु कार्कीले स्विकार गरेको बताइएको छ । चितवन प्रहरीले आईतबार अभियोजन पत्र दर्ता गरेपछि भएको बयानका क्रममा आ’त्मह’त्या गर्न दुरुत्साहन गरेको आभियोगमा पक्राउ परेकी अस्मिताले टिभी कार्यक्रम संचालन रवि लामिछाने, युवराज कंडेल र आफु मिलेर पुडासैनीलाई बला’त्कार केसमा फसाउन लागेको स्विकार गरेको बताइएको छ ।

आईतबार चितवन प्रहरीले पुडासैनीको आ’त्मह’त्या अघिको भिडियो र त्यसपछि गरेको अनुसन्धानहरुको संकलन गरेर रवि लामिछाने, युवारज पुडासैनी र अस्मिता कार्कीलाई ३ वर्ष कै’द र ५० हजार जरिवानाको माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो । अभियोग पत्र पछि आईतबार अस्मिताको बयान भएपनि युवराज र रविको आज गर्ने तयारी जिल्ला अदालतको छ । तीनै जनाको बयान सकिएपछि थुनछेक बहस गरेर चितवन जिल्ला अदालतले आवश्यक निर्णय लिनेछ । मृ’तक पुडासैनीले आफ्नो भिडियोमा दावी गरेको र अस्मिताले दिएको बयान मिल्न गएको देखिएको बताइन्छ।

अस्मिताले पुडासैनिसँगको सम्बन्धबाट छुटकारा पाउन न्यूज २४ को टिभीको सिधा कुरा जनतासँगको टोलीलाई गुहारेको, आफु पनि टेलिभिजनमा पुगेको बताएको बताइएको छ । तर यसअघि रविले भने अस्मितासँग अहिले सम्म चिनजान र भेटघाटै नभएको दावी गरेका थिए । आफूले लामिछाने र कंडेलसँग मिलेर पुडासैनीलाई बला’त्कार केसमा फसाइदिने धम्की दिएको अस्मिताले प्रहरीसँगको बयानमा स्वीकार गरेको पनि बताइएको छ । उनले न्युज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई पठाएकी थिइन्। फोटो पठाउँदै अब कार्यक्रम प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेको स्रोतले बताएको छ ।

र यो पनि पढ्नुहोस्

पुडासैनी आ’त्मह’त्या प्रकरण : २२ बर्षे जवान अस्मिता दुधले नुहाएकी होइनन् ? पहिला दुवैले मोज गरे अहिले आएर…

आज सोमबार रविको रिहाइ हुने दिन ! विप्लपले गर्यो चितवन बन्दको घोषणा