धुम्बाराही बैठक : अध्यक्ष, वरिष्ठ र महासचिवलाई छुट्टै कुर्सी, अरुलाई साझा सोफा !

सूचना दैनिक
सोमवार, भदौ ९, २०७६

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पहिलो पटक बसेको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षता गरेको बैठकमा अध्यक्ष, २ जना वरिष्ठ नेता र महासचिवलाई छुट्टाछुट्टै कुर्सी राखिएको छ ।

बैठकमा अन्य नेताहरू सामूहिक सोफामा बसेका छन् । बैठकको शुरूमा पत्रकारलाई तस्वीर खिच्न दिइएको थियो । तस्वीरमा पूर्व उपप्रधानमन्त्री वामदेव गौतम र उपप्रधानमन्त्री ईश्वर पोखरेल एउटा सोफामा बसेका छन् भने प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्काे सोफामा बसेका छन् ।

बैठकमा प्रवास कमिटी, महानगरपालिकाको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यको कार्यविभाजनका बारेमा छलफल हुने बताइएको छ । गत बिहीवार बसेको सचिवालय बैठकले प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी सुम्पेको थियो ।