युवराजको बयान चल्दै, त्यसपछि रवि लामिछानेको पालो

चितवन – पत्रकार शालिकराम पुडासैनी आ’त्मह’त्या दुरुत्साहन मुद्दाका आरोपी मध्ये युवराज कँडेलको बयान लिने कार्य सुरु भएको छ । जिल्ला अदालत चितवनमा कँडेलको बयान सकिएपछि अर्का आरोपी रवि लामिछानेको बयान लिने कार्य सुरु हुनेछ ।

तीनजना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ । लामिछाने र कँडेलको आज बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् ।

थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।

तीनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभि’योगपत्र दर्ता भएको थियो । रवि लामिछाने निर्दोस रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषे’धाज्ञा जारी गरेको छ । निषे’धाज्ञाका कारण आज मानिसहरु प्रदर्शनमा उत्रेका छैनन् । प्रहरीले बजार क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।

रवि लामिछाने सहित ३ जनाको नाम पोलेर आ’त्मह’त्या गरेका पत्रकार शालिकराम पुडासैनीलाई आफुहरुले बला’त्कारको केसमा फसाउन खोजेको अस्मिता भनिने रुकु कार्कीले स्विकार गरेको बताइएको छ । चितवन प्रहरीले आईतबार अभियोजन पत्र दर्ता गरेपछि भएको बयानका क्रममा आ’त्मह’त्या गर्न दुरुत्साहन गरेको आभियोगमा पक्राउ परेकी अस्मिताले टिभी कार्यक्रम संचालन रवि लामिछाने, युवराज कंडेल र आफु मिलेर पुडासैनीलाई बला’त्कार केसमा फसाउन लागेको स्विकार गरेको बताइएको छ ।

प्रकाशित मिति August 26, 2019

प्रतिकृया दिनुहोस