नेपालमा सुनको मुल्य इतिहासकै धेरै, तोलामा यतिसम्म पुग्यो ?

सूचना दैनिक
सोमवार, भदौ ९, २०७६

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै आज छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै आज यो कीर्तिमानीको अवस्थामा आइपुगेको हो ।


नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो । यस्तै छापावाल सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जानकारी दिएको छ । अर्को तर्फ चाँदी तोलामा ८६० मा कारोबार भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।
यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको छ । विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रुपमा नेपालमा पनि त्यसको असर देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिनुभयो । सुनको मुल्य बढेपछि किक्के भन्दा बेच्नेहरुको संख्या धेरै भएको छ ।