प्रधानमन्त्री सिंगापुरमा, मन्त्रीहरु सिंहदरबारमा, इतिहासमै पहिलोपटक यसरि हुँदैछ मन्त्रिपरिषद् बैठक

काठमाडौ । इतिहासमै आज पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्दै छ । आजका लागि दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेकाले भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री सिंगापुरबाटै भिडियोमा सामेल हुने र बैठकको अध्यक्षता पनि प्रधानमन्त्रीले नै गर्ने छन् ।

यसअघिको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली सिंगापुर रहँदा भिडियो कन्फ्रेन्समार्फत् बैठक बस्ने निर्णय भएको थियो ।

प्रकाशित मिति August 26, 2019

प्रतिकृया दिनुहोस