भरतपुरको चौबिसकोटीमा रवि लामिछाने समर्थक र प्रहरीबीच झ’डप

सूचना दैनिक
सोमवार, भदौ ९, २०७६

चितवन – भरतपुरको चौबिसकोटीमा रवि लामिछाने समर्थक र प्रहरीबीच झ’डप भएको छ ।

गस्तीमा रहेको प्रहरी टोलीमाथि रवि समर्थकले ढुंगा प्रहा’र गरेपछि प्रहरीले अश्रु’ग्यास प्रहा’र गरेको छ। अहिले पनि झ’पड जारी छ ।

जिल्ला प्रहरी र अदालत कार्यालयनजिकको क्षेत्रको माहोल शान्त भए पनि चौबिसकोटीमा भेला भएका रवि समर्थक र प्रहरीबीच झ’डप भएको हो ।

प्रहरीलाई दिएको रविको बयान यस्तो छ

काठमाडौं । चितवन प्रहरीले जिल्ला अदालतमा आ’त्मह’त्या दुरुत्साहनमा मु’द्धा दर्ता गरेपछि हिजो (आइतबार) अस्मिता कार्की लिइएको छ । बयान लिन बाँकी रवि लामिछाने र युवराज कँडेमध्ये कँडेलको बयान सोमबार शुरु भएको छ ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार कँडेलको बयानपछि रवि लामिछानेको बयान शुरु गरिने छ । त्यसलगत्तै थुनछेक बहस शुरु हुने उनले जानकारी दिए ।

बहसका लागि वादीका पक्षबाट तीन सरकारी वकिलका साथै जाहेरवाला तथा प्रतिवादीका तर्फबाट पाँच,पाँच वकिलले बहस गर्ने जानकारी प्राप्त भएको र अन्य कानून व्यवसायी पनि थपिन सक्ने छन्।

बहस सकिएपछि मात्र थुनछेक हुने–नहुने भन्ने आदेश जारी हुने छ ।

यसअघि प्रहरीसँगको बयानमा रवि लामिछानेले भ्रमपूर्ण तरिकाले शालिकरामले आ’त्मह’त्या गरेको हुनसक्ने बताएका छन् ।

रविले अस्मिता कार्कीलाई आफुले चितवन आएपछि मात्र चिनेको बयान समेत दिएका छन् ।

यस्तो छ रविको बयान

‘कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं । निजले पाउने सुविधाको बारेमा मलाई केही थाहा थिएन। निज काममा निकै मेहनत गरी खटिने र राम्रो राम्रो सुचनाहरु ल्याउने गर्थे।

करिब दुई महिना पहिले निजले (शालिकले) मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाए । अब न्युज २४ छोडेँ भनेका थिए। पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाह पाउँदा निजले किन ढाँटे होला भन्ने लागेको थियो। घट’नाको दुई/ तीन दिन पहिले हाम्रो क्यामेरामेन अनिल ढुंगेलले हामी सबै कर्मचारीहरु सँगै भएको बेला निज शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमीकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ । मिति २०७६ साउन २० गते मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ। भोलिपल्ट बहान ब्युझिई मोबाइल हेर्दा निज शालिकरामको म’त्यु सम्बन्धमा म्यासेजहरु २० गते राति नै आइसकेका रहेछन् ।

निजले म’र्नुअघि बनाएका २ वटा भिडियोहरु हेर्दा निजले आफूलाई रवि लामिछाने समेतले म’र्नलाई बाध्य बनाएकोले आ’त्मह’त्या गरेको भनेका रहेछन्। सो कुरा निजले के-कति कारणले भने मलाई थाहा छैन। तर निजले आफ्नो श्रीमती हुँदाहुँदै प्रतिवादी अस्मितालाई झुटो बोली निजसँग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबै कुरा थाह पाई निजबाट टाढिन खोज्दा निजले अमिस्तालाई अनेक दुःख दिने, बाटो छेक्ने, मारि’दिन्छु भनी डर देखाउने जस्ता कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रोबारेमा भनी सार्वजनिक गरिदिने भनेको कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसँग चित्त दुःखाई भिडियोमा मेरो समेत नाम लिई आ’त्मह’त्या गरेको हुनुपर्छ।”