रविको बयान सुनेपछि अदालतले थाल्यो अब नयाँ काम, रवि रिहाइको बारेमा दियो यस्तो म्यासेज

सूचना दैनिक
सोमवार, भदौ ९, २०७६

काठमाडौं – चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी प्र करणमा प क्राउ परेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान लिइ सकेको छ । अभियुक्त रूकु कार्कीको भने अदालतले आइतबार ब यान लिएको थियो । चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार थुन छेक बहसपछि उनीहरुलाई साधारण तारिकमा रिहा गर्ने, धरौटीमा रिहा गर्ने वा पर पक्षका लागि थुनामा राख्ने भन्ने बारे निर्णय हुनेछ ।

अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र रुकुविरुद्ध चितवन जिल्ला अदालतमा दुरुत्साहन मु द्दा द र्ता भएको हो। प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मु द्दा द र्ता भएको हो। अब रवि लामिछानेको बयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।

तीनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो । रवि लामिछाने निर्दोस रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका छन् । प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण आज मानिसहरु प्रदर्शनमा उत्रेका छैनन् । प्रहरीले बजार क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।