रवि लामिछाने ५ लाख, युवराज ३ धरौटी बुझाएर आजै रि’हा हुने अस्मिता भने साधारण तारे’खमा छुटिन् !

सूचना दैनिक
सोमवार, भदौ ९, २०७६

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृ’त्यु प्रकर’णमा अनुसन्धानको लागि भन्दै प’क्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने ध’रौटी’मा रिहा भएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा ध’रौटी’मा रिहा गर्न आदेश दिएको हो ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

२० साउनमा चितवनको कंगारु होटलमा मृ’त फेला परेका पुडासैनीले मृ’त्यु’अघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण म’र्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट प’क्राउ परेका थिए ।

यस्तै युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रि’हा भएका छन् ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अ’नुसन्धान गरेको थियो । प्रहरी अ’नुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियो’गपत्र दायर भएको थियो ।