अन्ततः रवि लामिछाने ५ लाख धरौटी’मा रिहा, सत्यको जित भएको भन्दै खुसियाली मनाउन सुरु

सूचना दैनिक
सोमवार, भदौ ९, २०७६

काठमाडौं , ९ भदौ । अन्ततः चर्चित सञ्चारकर्मी रवि लामिछाने ५ लाख धरौ’टीमा रिहा भएका छन् । पूर्व सहकर्मी शालिग्राम पुडासैनी आ’त्मह’त्या प्रकरणमा प्रहरीले दुरुत्साहनको अभि’योग लगाएर पक्राउ गरेको लामिछानेसहित टिभी जर्नलिष्ट युवराज कँडेललाई ३ लाख र अर्की आरो’पी अस्मिता भन्ने रुकु कार्की पनि सामान्य तारेखमा रिहा भएका छन् ।

गत साउन २० गते चितवनको कंगारु होटलमा मृ’त अवस्था फेला परेका पुडासैनीले आफ्नो आ’त्मह’त्यामा लामिछानेसहित कँडेल र कार्कीलाई दोषी देखाएका थिए । प्रहरी, सरकारी वकिल र चितवन जिल्ला अदालतसंगको वयान पछि आजै गरिएको थुन’छेक वहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले न्यूज २४ का सीधाकुरा जनतासंग कार्यक्रमका सञ्चालक लामिछानेलाई ५ लाख ध’रौटीमा छाड्ने निर्णय गरेको हो ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

यस्तै कँडेललाई ३ लाख धरौ’टीमा रिहा भएका छन् । तर लामिछानेलाई देश वाहिर जाँदा अदालतको अनुमति लिनु पर्ने आदेश दिएको छ । लामिछानेको रिहाईसंग उनका समर्थकहरुले सत्यको जित भएको भन्दै खुसियाली मनाउन थालेका छन् ।