रवि लामिछानेसहित तीनै जनाको बैंक खाता माग्दै प्रहरीद्वारा राष्ट्र बैंकलाई पत्राचार

सूचना दैनिक
सोमवार, भदौ ९, २०७६

जिल्ला प्रहरी कार्यालय चितवनले रवि लामिछानेसहित तीन जनाको बैंक खाता विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ।

भदौ ४ गते नै प्रहरीले राष्ट्र बैंकलाई पत्र लेख्दै लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको बैंक खाता विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।

फौज’दारी अ’पराध अनु’सन्धान सिलसिलामा यो सामान्य प्रक्रियाभित्रै पर्ने भएकाले उनीहरूको बैंक खाता विवरण मागिएको चितवन प्रहरीले जनाएको छ।

प्रहरीले चितवन जिल्ला अदालतमा पेश गरेको अभि’योगपत्रमै बैंक खाता विवरण मागिएको हो। अभि’योग पत्र बुझाउनुअघि नै प्रहरीले बैंक खाता विवरण मागेको अनु’सन्धानमा संलग्न केन्द्रीय अनु’सन्धान ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए।

‘अहिले सार्वजनिक मु’द्दामै पनि बैंक खाता विवरण हेर्ने गरिएको छ,’ उनले भने, ‘मुद्दा अनु’सन्धान सिलसिलामा यो सामान्य प्रक्रिया अन्तर्गतै पर्छ।’ फौजदारी अ’पराध अनु’सन्धानका क्रममा प्रहरीले विभिन्न कोणबाट अनु’सन्धान गर्ने क्रममा सम्पत्ति शुद्धीकरणको पाटोलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने गरेको छ।

पत्रकार शालिकराम पुडासैनीले आ’त्मह’त्या गर्नुअघि खिचेको भिडियोमा रबि लामिछाने सञ्चालक रहेको न्युज २४ को ‘सिधा कुरा जनतासँग’ टिमले बालुवाखानी, ठूला व्यापारिक प्रतिष्ठान, व्यवसायीहरूसँग करोडौं रकम अशुल्ने गरेको उल्लेख थियो।

भिडियोमा लगाइएको आरो’पको सत्यता परीक्षण गर्न पनि बैंक खाता विवरण आवश्यक परेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए। अनु’सन्धानका क्रममा लामिछानेले आर्जन गरेकोमध्ये केही रकम अमेरिका पठाउने गरेको अनौपचारिक जानकारी प्राप्त भएको उनको भनाइ छ।

ब्युरोका प्रहरी उपरीक्षक रेग्मीका अनुसार राष्ट्र बैंकले बैंक खाता विवरण उपलब्ध गराइसकेको छैन। बैंक खाता उपलब्ध भएपछि त्यसमाथि अनु’सन्धान गरिने उनले बताए। ‘हालको अनुसन्धान टिमले वा छुट्टै अनुसन्धान अधिकारी तोकेर बैंक खाताको विस्तृत विवरण अनुसन्धान गरिन्छ,’ रेग्मीले भने, ‘अनु’सन्धान भएर प्राप्त विवरण अभि’योग पत्रकै रुपमा सरकारी वकिलमार्फत अदालतमा बुझाइन्छ।’

यसमा प्रहरी तथा आवश्यकता अनुसार सम्पत्ति शुद्धीकरण अनु’सन्धान विभाग दुबै सक्रिय हुने गरेका छन्। सम्पत्ति शुद्धी’करण विभागले प्रहरीको सहयोग लिएर आर्थिक आर्जनको अनुस’न्धान विवरण अदालतमा पेस्ने गरेको छ। शालिकराम आ’त्मह’त्या प्रकरणमा तीनै जनालाई आ’त्मह’त्या दुरुत्साहन मुद्दामा अनुसन्धान भई मुद्दा अदालतमा पेश गरेर आदेश जारी भइसकेको छ।

उक्त मुद्दामा लामिछानेलाई चितवन जिल्ला अदालतले सोमबार पाँच लाख रुपैयाँ ध’रौटी मागेको छ। कँडेललाई तीन लाख ध’रौटी माग गरेको छ। कार्की भने साधारण तारेखमा छुटेकी छिन्।

विदेश जान नपाउने

पुडासैनी आ’त्मह’त्या प्रकरणको मुद्दा अदालतमा विचाराधिन रहेकाले सोबारे टेलिभिजन कार्यक्रममा बोल्न नपाउने पनि उल्लेख छ ।

लामिछाने आफ्नो कार्यक्रम चलाउन भने पाउने छन् । तर, पुडासैनीसँग सम्बन्धित विषयमा भने कार्यक्रम गर्न पाउने छैनन् । त्यस्तै मु’द्दाको किनारा नलागेसम्म लामिछानेलाई विदेश जानसमेत रोक लगाउने आदेश भएको उनका कानुन व्यवसायी सुनिल पोख्रेलले जानकारी दिए ।