रबि लामिछाने रिहा भएको खुशियालीमा बानेश्वरमा अबिर जात्रा !

सूचना दैनिक
सोमवार, भदौ ९, २०७६

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आ’त्मह’त्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई अदालतले ध’रौटीमा छाड्ने आदेश दिएपछि काठमाडौंमा समर्थकले खुशीयाली मनाएका छन् ।नयाँ बानेश्वरमा भेला भएका समर्थकले अविर दलादल गरेर खुशी साटेका हुन् ।

सोमबार साँझ जिल्ला अदालत, चितवनले लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।पत्रकार रबि लामिछाने अब केहि समय पछी जिल्ला अदालत चितवन बाट बाहिरिन लागेका छन् ।

सबै कानुनी प्रकियाको तयारीले गर्दा केहि ढिला भएको हो ।स्वास्थ्य परीक्षण गरि सकेपछी अदालत परिसरबाट बाहिरिने बताइएको छ । पत्रकार रबि लामिछाने रिहा भए लगतै चितवनमा रबिका हजारौ समर्थक बधाई दिन उपस्थित भएका छन् । हातमा फुलामाला लिएर उनिहरु हजारौको संख्यामा उपस्थित भएका हुन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछाने लाई पनि ५ लाख ध’रौटीमा रिहा गर्न आदेश दिएको हो ।सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

२० साउनमा चितवनको कंगारु होटलमा मृ’त फेला परेका पुडासैनीले मृ’त्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण म’र्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट प’क्राउ परेका थिए । यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण ता’रेखमा रि’हा भएका छन् ।त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अ’नुसन्धान गरेको थियो । प्रहरी अ’नुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अ’भियोगपत्र दायर भएको थियो ।

हेर्नुहोस अविजात्राका केही तस्विरहरु