रवि लामिछाने रिहापछिको पहिलो तस्वीर भाईरल सेयर, देश-विदेशमा खुशीको उल्लास

सूचना दैनिक
सोमवार, भदौ ९, २०७६

काठमाडौ । रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत चितवनले उनलाई रिहा गर्ने आदेश दिएको हो । उनको रिहाइपछि चितवन उल्लासमय बनेको छ । उनी आजै काठमाडौँ फर्कंदै छन् । केहि दिन अघि उनलाई प्रहरीले पक्रा’उ गरेको थियो । गत २० साउनमा चितवनको कंगारु होटलमा झु’ण्डिएको अवस्थामा पत्रकार पुडासैनीको श’व भेटिएको थियो ।

पुडासैनीको मोबाइलबाट मृ’त्युअघि खिचेको भिडियो सार्वजनिक भएपछि आत्मह’त्यामा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्की पक्रा’उ परेका थिए । उनीहरुलाई आज अदालत रिहा गरेको हो । कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई ५ लाख, पत्रकार युवराज कडेँललाई ३ लाख धरौ’टी र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गरेको हो । यतिबेला चितवनमा निकै खुशी छाएको छ । सडक भरि नाच्नेको घुइँचो लागेको छ । चारैतिर खुशीले छाएको छ । देशविदेशमा यो तस्वीर सेयर भइरहेको छ ।

अहिले सामाजिक सञ्जालमा चर्चित सञ्चारकर्मी रवि लामिछाने रिहा भएको खुशी भन्दा पनि सर्वसाधारणहरुका फरक खालको हर्ष देख्नमा आएको छ । वर्षौ देखि जनताको मन जित्दै आएको नेपाललको न्यायलयले सकारात्मक फैसला सुनाएको छ । सम्पुर्ण किसिमबाट हार खाएका जनता न्यायका लागि लडाई लड्दै थिए ।

रवि मात्रै थिएनन्, युवराज कँडेल, अस्मिता कार्की पनि यो भिडमा थिए । अहिले सामाजिक सञ्जालमा उनको समर्थनमा जुटेकाहरुको पक्षमा फैसला गर्नुभएका श्रीमान हेमन्त रावल, हजुरको सम्मानका लागि कुनै शब्द म सँग छैन भन्दै रवि समर्थकहरुले जिल्ला न्यायधीश रावलको तारिफ सुरु गरेका छन् । देशमा न्याय मरेको छैन, भन्ने यो गत्तिलो उदाहारण हो भन्दै सेयर भइरहेका छन् ।

कतिपयले त के सम्म भनेका छन् भने, देशको सिंगो सरकार, प्रशासन सबैले ५ वर्ष जे’ल हाल्ने गरि तयारी थालेका थिए । सिधा कुरा जनतासँग कार्यक्रम बन्द गराउनेसम्मको तयारी थियो तर अब त्यो सम्भव नहुने भयो । आज पत्रकार शालिकराम पुडासैनी मृ’त्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्रा’उ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौ’टीमा रिहा भएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौ’टीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

२० साउनमा चितवनको कंगारु होटलमा मृ’त फेला परेका पुडासैनीले मृ’त्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण आत्मह,त्या गर्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए । यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् । त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको थियो ।

हेर्नुहोस रवि रिहा भएपछि बानेश्वरमा भएको अविरजात्रा