किशोर श्रेष्ठ भन्छन् : पाँच लाख धरौटी तिरेर थुनामुक्त भएका रवि मुख्य दोषी

काठमाडौं- पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदा’लतबाट टेलिभिजन प्रस्तोता रवि लामिछाने रिहा भएसँगै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले घटनामा रवि नै मुख्य दो’षी ठहरिएको बताएका छन् ।

उनले भने, ‘फरक यति मात्रै हो कि जेलभित्रै बस्ने कि बाहिर बसेर मुद्दा लड्ने ? जहाँ बसे पनि महिनैपिच्छे तारिख धाएर मुद्दा त लडिरहनुपर्ने भयो ।’

न्यूज २४ ले अस्मितालाई दो’षी देखाएर आफू चोखिन खोजेकोमा अस्मिता साधारण तारिखमा छुटेको भन्दै पाँच लाख धरौ’टी तिरेर रवि मुख्य दोषी ठहरिएको बताएका छन् ।

पत्रकार किशोरले ३ लाख तिरेर धरौ’टीमा रिहा भएका पत्रकार युवराज कँडेललाई दोस्रो दो’षी ठहरिएको बताएका छन् ।

पत्रकार श्रेष्ठले रविको मुद्दा अदा’लतमा विचाराधीन भएकोले शालिकराम प्रकरणसँग जोडिएका कुनै पनि विषयमा आफ्नो च्यानलबाट केही बोल्न नपाउने बताउँदै जनआस्था र नेपालआजले सार्वजनिक गरेको भिडियो सही सावित भएको समेत बताए ।

उनले आँखामा ह’त्यारा देखिएको, शालिकरामलाई कुटे’र मा’रिएको हल्ला गलत सावित भएको दाबी समेत गरेका छन् । त्यतिमात्र नभएर उनले रवि लामिछाने लगायत तीनजनाको सम्पत्ति छानविनका लागि प्रहरीले जारी गरेको परिपत्रको विषय समेत कोट्याएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले आज लामिछानेसँग धरौ’टी माग गरेर छाड्न आदेश दिएको हो।

सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए। साभार : खबरहब

प्रकाशित मिति August 26, 2019

प्रतिकृया दिनुहोस