चितवनमा रविको रिहाइसंगै सर्वसाधारणले मनाए खुसियाली, आज २ बजे नारायणी नदी किनारमा ‘धन्यवाद सभा’ गर्दै

सूचना दैनिक
मङ्लबार, भदौ १०, २०७६

काठमाडौं । शालिकराम पुडासैनीको प्रकरणमा दुरुत्साहनको अनुसन्धानका लागि भन्दै साउन ३० गते प्रहरी नियन्त्रणमा लिइएका न्यूज २४ टेलिभिजनका सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने र युवराज कँडेल र अस्मिता भनिने रुकु काकीलाई धरौटीमा रिहा गरिएको छ । झण्डै ११ दिनपछि लामिछाने र कँडेललाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

झण्डै ६ घण्टा लामो थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलाशले धरौटीमा रिहा गर्ने आदेश दिएको हो । धरौटीमा रिहा गरेपनि लामिछाने, कँडेल र रुकुले भनिने यो अनुसन्धानमा दोषी नभएको पुष्टि नभएसम्म बाहिर बसेर मुद्दा लडिरहनुपर्नेछ ।अदालतमा थुनछेक बहस सकिएपछि लामिछाने र कँडेल रिहा हुनेभएसँगै अदालत परिसर बाहिर भने समर्थकहरुले प्रदर्शन गरेका थिए । उनीहरुले लामिछाने र कँडेल छुट्ने भएसँगै खुसियाली मनाएका थिए ।

रिहा भएपछि रवि लामिछानेले आज दिउँसो २ बजे चितवनको नारायणी नदी किनारामा धन्यवाद सभा गर्ने भएका छन् ।उनले आफ्नो फेसबुकमा भिडियो सेयर गर्दै आज दिउसो २ बजे नारयणी नदी किनार प्रदर्शनीस्थलमा धन्यबाद सभा आयोजना गर्ने जानकारी दिएका हुन् । आफ्नो रिहाइका लागि अहोरात्र खटिने सम्पूर्ण सहयोगी, शुभचिन्तकहरुहरुलाई उनले उक्त कार्यक्रममा उपस्थित भइदिन आग्रह गरेका छन् ।

यसअघि उनले भनेका छन, ‘हामी तीनै जनाको रिहाइका लागि गर्नु भएको माया र सद्भावको कदर गर्नेछु, यति धेरै शुभचिन्तक हुँनुहुँदो रहेका छ । अझ बढी जिम्मेवारी भएको छु ।’ उनले भने, ‘अहोरात्र न्यायका लागि आवज उठाउने सम्पूर्णमा अन्तर्मनबाट धन्यवाद दिन चाहान्छु । यो गुन कहिल्यै विर्सन सक्दिन । यो मुस्किलको घडीमा दिनुभएको साथले छाती चौडा राख्नेछु, शिर झुक्न दिने छैन ।’

किन नगर्ने आ त्मह त्या दुरुत्साहन सम्बन्धित कानून संशोधनको बहस ?

व्यक्तिलाई विभिन्न तवरले मर्नका लागि उक्साउने वा आ त्मह त्या गर्नको लागि दुरुत्साहन दिने वा आ त्मह त्या गर्नुपर्ने सम्मको परिस्थिति खडागरी आ त्मह त्या गर्न बाध्य पार्नेसम्मको कार्यलाई अपराधका रूपमा घोषित गरी दण्डित गर्ने कार्य फौजदारी विधिशास्त्रमा एक स्वीकृत मान्यताको रूपमा विकास हुँदै गएको छ ।

यो प्रकरणले आ त्मह त्या गर्न बाध्य पार्ने कार्यको अनुसन्धान निकै गहन र जटिल विषय भएको र दफा १८५ को प्रष्टीकरण वा थप व्याख्या एवं यसका कसुरहरूको वर्गीकरणको खाँचो देखिएको छ ।केवल कसैले कसैलाई आ त्मह त्या सम्बन्धी दुरुत्साहन गरेमा वा आ त्मह त्या गर्नुपर्ने परिस्थिति खडा गरेमा के सजाय हुन्छ र कस्तो प्रकृतिका आ त्मह त्यामा दोस्रो पक्षलाई कानुनी दायरामा ल्याउन मिल्छ ? प्रश्न उब्जिएको छ ।