रवि लामिछानेको जिवन शैली निकै विलासी देखिएको भन्दै प्रहरीद्वारा बैंक खाता माग्दै राष्ट्र बैंकलाई गर्यो पत्रचार

सूचना दैनिक
मङ्लबार, भदौ १०, २०७६

काठमाडौं, १० भदौ । रवि लामिछाने लगायत तीन जना सोमवार प्रहरी हि’रासतवाट छुटे पनि अनुसन्धान प्रकृया भने अझै टुंगिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको फरक ढंगले अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले रवि लामिछानेसहित तीन जनाको बैंक खाता विवरण उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ । रवि लामिछाने सोमवार पाँच लाख धरौटीमा सोमवार रिहा भएका हुन् । उनी एउटा टेलिभिजिन कार्यक्रम प्रस्तोताका रुपमा न्युज २४ मा कार्यरत छन् ।

उनको जिवन शैली निकै विलासी देखिएको भन्दै आम्दानीको श्रोतका बारेमा पनि अनुसन्धान गर्नुपर्ने आवाज उठेको थियो । भदौ ४ गते नै प्रहरीले राष्ट्र बैंकलाई पत्र लेख्दै लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीको बैंक खाता विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।

यो प्रकृया फौजदारी अ’पराध अ’नुसन्धान सिलसिलामा यो सामान्य हो । प्रहरीले चितवन जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमै बैंक खाता विवरण मागिएको हो। अभियोग पत्र बुझाउनुअघि नै प्रहरीले बैंक खाता विवरण मागेको थियो । शालिकराम पुडाशैनीले देहत्याग गर्नु अघि रेकर्ड गरेको भिडियोमा रवि लामिछानेले कार्यक्रमको आडमा करोडौं रुपैया उठाउने गरेको बताएका छन् । भिडियोमा लगाइएको आरोपको सत्यता परीक्षण गर्न पनि बैंक खाता विवरण आवश्यक परेकाले प्रहरीले बैंक खाताको डिटेल मगाएको हो । अनुसन्धानका क्रममा लामिछानेले आर्जन गरेकोमध्ये केही रकम अमेरिका समेत पठाउने गरेको प्रहरीको आशंका छ ।

रविले पूर्व पत्नीसंग सम्बन्ध विच्छेद गर्दा अमेरिकामा भएको घरको किस्ता समेत आफैले बुझाउने र छोरीहरुको संरक्षकत्व पनि आफैले पुरा गर्ने प्रतिवद्धता जनाएका थिए । प्रहरीको हातमा अहिले सम्म बैंक खाता विवरण भने प्राप्त गरेको छैन । बैंक खाता उपलब्ध भएपछि त्यसमाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यसमा प्रहरी तथा आवश्यकता अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग दुबै सक्रिय हुने गरेका छन्। सम्पत्ति शुद्धीकरण विभागले प्रहरीको सहयोग लिएर आर्थिक आर्जनको अनुसन्धान विवरण अदालतमा पेस्ने गरेको छ।

पुडाशैनीले प्रेमिका भेट्न कोठा भाडामा लिएको भन्ने समाचार बाहिरीएपछि तनावका कारण सोही घरमा बस्ने वृद्धको हृदयघातले नि धन

काठमाडौंको टोखामा एक जना वृद्धले सञ्चार माध्यममा आएको समाचार पछि उत्पन्न परिस्थितिका कारण हृदयघातका कारण ज्यान गुमाएका छन् । शालिकराम पुडासैनी ले आफ्नाृे प्रेमिकासंग भेटघाट गर्न कोठा भाडामा लिएर राखेको भन्ने समाचार बाहिर आएपछि दिनहुँ उनको घरमा प्रहरी जान थालेपछि बृद्धलाई हृदयघात भएको हो । राष्ट्रिय स्तरको मिडियामा शालिकराम पुडाशैनीले प्रेमीका भेट्न कोठा भाडामा लिएर राखेको भन्दै समाचार बाहिरीएको थियो । सो समाचार पछि दिनहुँ उनको घरमा अनुसन्धानका लागि भन्दै प्रहरी जान थाल्यो । सो घटनाका कारण तनावमा रहेका वृद्धको हृदयघात भएको हो ।

टोखाका तारानाथ देबकोटाको सोमबार साँझ हृदयघातका कारण निधन भएको छ ।उनी आफ्नो छोरीको घरमा बस्दै आएका थिए । घटनाको अनुसन्धानका लागि भन्दै दिनहुँ छोरी गोमा न्यौपानेको घरमा प्रहरी जान थालेपछि बृद्ध तारानाथ निकै तनावका रहेको परिवारका सदस्यले बताएका छन् । ९० वर्षका वृद्धको तनावका कारण हृदयघात भएको छ । सोमबार साँझ हृदयघात भएलगत्तै उनको मृत्यु भएको थियो ।पुडासैनीले उक्त घरमा प्रेमिकालाई भेट्न कोठा भाडामा लिएका थिए । घरधनीका अनुसार प्राय जसो शनिबार उनी सो कोठामा पुग्थे । उनीसंग प्रेमिका पनि हुन्थिन् ।