पाँच लाख ध रौटी तिरेर रिहा भएका रवि नै मुख्य दो*षी हुन् : किशोर श्रेष्ठ

सूचना दैनिक
मङ्लबार, भदौ १०, २०७६

काठमाण्डु,१०भदौ–पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट टेलिभिजन प्रस्तोता रवि लामिछाने रिहा भएसँगै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले घटनामा रवि नै मुख्य दो*षी ठहरिएको बताएका छन् ।
उनले भने, ‘फरक यति मात्रै हो कि जे*लभित्रै बस्ने कि बाहिर बसेर मु*द्दा लड्ने ? जहाँ बसे पनि महिनैपिच्छे तारिख धाएर मु*द्दा त लडिरहनुपर्ने भयो ।
’न्यूज २४ ले अस्मितालाई दो*षी देखाएर आफू चोखिन खोजेकोमा अस्मिता साधारण तारिखमा छुटेको भन्दै पाँच लाख धरौटी तिरेर रवि मुख्य दोषी ठ*हरिएको बताएका छन् ।

पत्रकार किशोरले ३ लाख तिरेर धरौटीमा रि*हा भएका पत्रकार युवराज कँडेललाई दोस्रो दोषी ठहरि*एको बताएका छन् ।
पत्रकार श्रेष्ठले रविको मु*द्दा अदालतमा विचाराधीन भएकोले शालिकराम प्रकरणसँग जोडिएका कुनै पनि विषयमा आफ्नो च्यानलबाट केही बोल्न नपाउने बताउँदै जनआस्था र नेपालआजले सार्वजनिक गरेको भिडियो सही सावितभएको समेत बताए ।

उनले आँखामा ह त्यारा देखिएको, शालिकरामलाई कु टेर मारि एको हल्ला गलत सावित भएको दाबी समेत गरेका छन् । त्यतिमात्र नभएर उनले रवि लामिछाने लगायत तीनजनाको सम्पत्ति छान*विनका लागि प्रहरीले जारी गरेको परिपत्रको विषय समेत कोट्याएका छन् ।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ध*रौटी माग गरेर छाड्न आदेश दिएको हो। सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।